• होमपेज
  • समाज
  • बाजुरामा पुलबाट लडेर बालकको मृत्यु

बाजुरामा पुलबाट लडेर बालकको मृत्यु

  • शनिबार, असार २१, २०८२
बाजुरामा पुलबाट लडेर बालकको मृत्यु

बाजुरा–  बाजुरामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छाेरा विशालको पुलबाट लडेर मृत्यु भएको हो।

जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती कसैडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट उनी लडेका हुन। पुलबाट लडेर घाइते भएका भण्डारीलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेका हुन्।

चर्चामा

सम्बन्धित समाचार