• होमपेज
  • बाजुरा बिशेष
  • नेकपा प्रचण्ड-माधव समुह बाजुराद्धारा संसद विघटन विरुद्ध प्रधानमन्त्रीलाई विरोधपत्र

नेकपा प्रचण्ड-माधव समुह बाजुराद्धारा संसद विघटन विरुद्ध प्रधानमन्त्रीलाई विरोधपत्र

  • शुक्रबार, पुस २४, २०७७
नेकपा प्रचण्ड-माधव समुह बाजुराद्धारा संसद विघटन विरुद्ध प्रधानमन्त्रीलाई विरोधपत्र

बाजुरा — नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षले प्रधानमन्त्री केपी शर्भा ओलीले गत पुस ५ गते गरेको संसद विघटनको विरोद्धमा विरोधपत्र बुझाएको छ । संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षले बाजुरामा पनि शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको हो ।

नेकपा बाजुरा प्रचण्ड माधव पक्षका नेता गगन रावलका अनुसार संसद भंग गर्ने प्रधानमन्त्रीको निणर्यको विरोध गर्दै नेकपाको पुर्व घोषित कार्यक्रम अनुसार बाजुरामा पनि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाईएको हो । गत पुस ५ गते सरकारले प्रतिनिधि सभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । तर सरकारको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सबै राजनीतक दल तथा नागरिक समाजका अगुवाहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले संसद पुनः सञ्चालन नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाउँदै आएका छन् । नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षका नेता गगन रावलले साे पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाइ बुझाएका हुन । साे कार्यत्रफममा नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षका नेता तथा कार्यक्रताहरूकाे उल्लेख्य सहभागीता रहेकाे थियाे ।

No description available.

चर्चामा

सम्बन्धित समाचार