• होमपेज
  • समाचार
  • आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान

  • मङ्लबार, पुस १४, २०७७
आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडाै–मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

यसैगरी, हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍भागमा हुसु र कुहिरो लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

पौष १४ गते (मंगलबार)

दिउँसोः प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः  सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।

पौष १५ गते (बुधबार)

दिउँसोः  सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।

रातिः गण्डकी प्रदेश र  प्रदेश नं १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १६ गते (बिहीबार)

दिउँसोः  सुदूरपश्चिम, कर्णाली  प्रदेशमा आंशिक  बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।

रातिः सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेश भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

चर्चामा

सम्बन्धित समाचार