फैलिँदै जानेछ मा ले मा बिचार धारा,
हुँनेछ मुक्ति यहि बाटोमै संसार सारा।
हेर अवसरबादले छल कपट गरेपनि,
क्रान्तिकारीकै काँधमा छ अभिभारा।
कालो बादल छाएपनि निलो गगनमै,
उदाउँन छाड्दैन ति जुन अनि तारा।
उठ जुट जाग समानताकै लागि लडौ,
गरिब किसान मज्दूर अनि सर्वहारा।
यो मुक्तिको युद्ध ता आफ्नै लागि हो।
न सम्झिए कहिले पनि कसैको झारा।
आउ लडौँ बहुसंख्यककै हितमा हामी,
बडारौँ समाजको मुठ्ठिभर ज्यान मारा।
हो सेते जस्ताले कसोगरि गर्ने बिस्वाश,
धेरै देखिनथाले अवसरबाद गाल पारा।