• होमपेज
  • समाज
  • खडेरीले खेतियोग्य जमिन बाझै

खडेरीले खेतियोग्य जमिन बाझै

  • बुधबार, पुस ८, २०७७
खडेरीले खेतियोग्य जमिन बाझै

बाजुरा–लगातारको खडेरीका कारणले खेतियोग्य जमिन बाझै रहेका छन् । खडेरीका कारण बाजुराको पुर्वउत्तरी क्षेत्र, बझाङ्ग, कर्णालीका हुम्ला, मुगु, जुम्ला र कालिकोट धेरै भुभाग बाझै रहेका छन् ।
लगातारको खडेरी कारण खेतियोग्य जमिन पुरै बाझो रहेको छ । खेती योग्य जमिन बाझै रहेपछि स्थानियमा चरम खाद्य संकट उत्पनन भएको छ । खडेरी कारण बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय निकाय, हुम्लाको श्रीनगर भेगका २ वटा गाँउपालिका र मुगुको श्रीकोट भेगका बासिन्दाको खेति योग्य जमिन बाझै रहेको छ । सिचाई अभाब, आकाशे पानिको भरमा परेका यहाँका बासिन्दाहरु लामो खडेरीका कारण यहाँका बासिन्दा निकै आजित भएका छन् । पानि पर्ने वेला खेति योग्य जमिन बाट बर्षमा चार महिना खान पुग्थ्यो, अहिले त जग्गा पुरै बाझो छन्, पुरै बजारको खाद्यन्नमा निर्भर रहेको बुढिन्नदा नगरपालिका कोटिलाका मन बहादुर मल्लले वताए ।
खडेरी कारण बाजुराको उत्तरी क्षेत्रका स्वामिकार्तिक, पाण्डबगुफा, हिमाली गाँउपालिका र बुढिन्नदा नगरपालिका हुम्लाको ताजाकोट, अदानचुली गाँउपालिका मुगुका खत्याड र सोरु गाँउपालिका प्रभावित भएका छन् । खडेरीका कारण निकै खेति योग्य जमिन पुरै बाझो रहेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । यो बेला पुरै खेतमा गहुँ र जौ ले हरीयाली हुन्थ्यो, अहिले पुरै मरुभुमि झै भएको मल्लले वताए ।
बाजुराको स्वामीकार्तिक गाँउपालिकाको वाई गाँउमा ४ सय परिवारको वाई जिउलो खेति योग्य जमिन ४ बर्ष देखी पुरै बाझो रहेको छ । गाँउका सबै परिवारलाई त्यहि जिउलो बाट उत्पादन हुने गरेको थियो, खडेरीले बालिनै लगाउन नपाएको स्थानिय ईश्वरी गिरीले वताएका छन् । तल कर्णाली बगिरहेको छ, माथि पानि अभाबमा पुरै जमिन बाझो रहेको छ, त्यहि कर्णालीका पानि हेरेर चित बुझाउनु भन्दा बाहेक अरु केही नभएको उनले वताए ।
खडेरीका कारण जिल्लाकै निकै उत्पादनका रुपमा चिनिने हिमाली गाँउपालिको धिम, फैती, बोर्ता, स्वामिकार्तिक गाँउपालिको वाई, साप्पाटा, जुकोट गाँउमा रहेका जग्गा पुरै बाझो रहेको स्थानिय शिक्षक मान बहादुर रोकायाले वताएका छन् । त्यस्तै हुम्लाको मैला गाँउमा रहेको जिउलोले ५ सय परिवारको गुजेरा चल्दै आएको थियो, जग्गानै बाझो भएपछि चरम खाद्य संकट भएको स्थानिय देबु सार्कीले वताएका छन् ।
हुम्लाको ताजामैला गाँउपालिका मैला बस्ने अम्मर रोकायाको घरमा साउन महिना देखि दिनको एक छाक मात्रै खाना पाक्छ । लगातारको खडेरीका कारण घरमा अन्नवाली नभएपछि उनको घरमा एक छाक मात्र खाना पाक्ने गरेको छ ।
२०२२ सालमा खडेरी परेका थियो, त्यो बर्ष बालीत लगाउँन पाएका थियौ, तर बालीनै नलाउँन पाउँने गरी यसै बर्ष खडेरी परेको हो बाजुराको हिमाली गाँउपालिका ४ का ७२ बर्षिय जैधन रोकायाले वताए । घरमा खाने कुरा नभएका कारण स्थानियहरु सरकारबाट आउँने योजनाको पर्खाइमा हुन्छन् । भने योजना बाट आएको रकमले खाद्यान्न कीनेर परीवार पाल्ने गरेका छन् । गाउँलेहरु खडेरी काकारण गाउँमा नबसी भारत र नेपालका शहरहरुमा आफ्नो गुजारा चलाउँन हिडेका छन् ।

चर्चामा

सम्बन्धित समाचार