• होमपेज
  • कला /साहित्य
  • बलात्कार (कबिता)

बलात्कार (कबिता)

  • आइतवार, पुस ५, २०७७
बलात्कार (कबिता)

बलात्कारलाई बलात्कार हेरे जसरी हेर
कसैले सांसद भवन भित्र अश्लील भिडियो हेरे जसरी नहेर !
सरकार ,
यहाँ नारी अस्तित्व माथि खेलबाड भएको छ ,
इज्जत लुटिएको छ ,
अस्मिता लुटिएको छ,
कुमारित्व खोसिएको छ ।
कलिला मुनाहरु जिउँदै उखेलिएका छन् ,
कयौं कोपिलाहरुको निर्मम हत्या भएका छन् ।
सरकार ,
तिमि मौन छौ
तिमि संग त सत्ता छ ,
शक्ति छ ,पैसा छ,
सुख छ….सबै सबै छ…
सरकार !
यो कुरा राम्ररी बुझ्न जरुरी छ कि
यहाँ जनता छ त तिम्रो सत्ता छ ,
आधा भन्दा बढी हिस्सा नारीहरुको छ त
पुरुष अस्तित्व बचेको छ ,
यी दुबै छन् त मानव अस्तित्व बचेको छ ,
यी मानवहरुले नै तिमिलाइ सत्ताको कुर्सी सम्म
पुर्याएको हो।
सरकार,
बलात्कार लाई बलात्कार हेरे जसरी हेर
कसैले सांसद भवन भित्र कुर्सी उचाल्दै
भुइँमा बजारेको हेरे जसरी नहेर !
यहाँ कयौं सपनाहरु मारिएका छन् ,
कयौं आशाहरु मारिएका छन् ,
मृत्युु भनेको तिम्रो नोट कापीमा
रातो अक्षरले लेखिने नाम मात्र होइन,
यहाँ सदा-सदाको लागि निर्दोष आत्मा टाढिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार