नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आफूहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्दा व्यङ्ग्य गर्नेलाई जवाफ दिएका छन्।
शनिबार बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेट भएको थियो। उक्त भेटमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए।
सोही विषयलाई उठान गर्दै उनले ट्वीटरमा भनेका छन्,‘बिहान प्रम केपी ओली जी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितिमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिँदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि?’
उनले नेताबीच कुराकानी हुनु र सहमति खोज्न राम्रो भएको बताए। ‘नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ’,उनले भनेका छन्। पछिल्लो समय नेकपामा अध्यादेशको विषयलाई लिएर विवाद चुलिँदै गएको छ।
बिहान प्रमं केपि ओलीजी,प्रचण्डजीसंग कुरा गर्न खुमलटार जानुभएछ।वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ।हामीले खुमलटारमा प्रचण्डजीसंग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि?
नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो।सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।— Bhim Rawal, PhD (@BhimRawal179) December 19, 2020