• होमपेज
  • कला /साहित्य
  • कृषि प्रदान देश अरे (गजल)

कृषि प्रदान देश अरे (गजल)

  • शुक्रबार, मंसिर २६, २०७७
कृषि प्रदान देश अरे (गजल)

कृषि प्रदान देश अरे,
कृषि प्रदान देश अरे भन्न कहाँ जानु
हुदैन बिक्री मेहनतको फल गन्न कहाँ जानु,
पावर अनि पार्टी चल्छ के गर्नु नेपालमा
पढ्यो कृषि सरकारि काम हुन्न कहाँ जानु
बाँझा हुदैछन् पूर्खाका त्यि खेतअनि बारि
महङ्गो छ जग्गा जमिन खन्न कहाँ जानु
जेठो पेसा कृषि यहाँ अस्त ब्यस्त भयो
हुदैछ आम्दानी भनि धन्न कहाँ जानू।।
बिदेशीका चामल त्यिँ खान सकिँदैन
स्वदेशिका सफा भन्डार अन्न कहाँ जानु।।
बरू खान तयार यहाँ सडिएका खाना
हुदैछ जिबिको पार्जन भनी धन्न कहाँ जानू।।

 धर्मेन्द्र रोकाया

ओमकारा कृषि तथा पशुपालन फार्म बनेपा नगरपालिका १० काभ्रेपलान्चोक :- फार्म सन्चालक

चर्चामा

सम्बन्धित समाचार