• होमपेज
  • समाचार
  • नेपालमा थप १०५६ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २८६ जनाको पिसिआर परीक्षण

नेपालमा थप १०५६ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २८६ जनाको पिसिआर परीक्षण

  • बुधबार, मंसिर २४, २०७७
नेपालमा थप १०५६ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २८६ जनाको पिसिआर परीक्षण

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सोमबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ।

हाल क्वारेन्टाइनमा ५२५ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार २४५ जना सक्रिय संक्रमित छन्।

आज १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार