• होमपेज
  • कला /साहित्य
  • यो सरकारमा पनि भ्रष्टचारले बुरा हाल भयो (गजल)

यो सरकारमा पनि भ्रष्टचारले बुरा हाल भयो (गजल)

  • शुक्रबार, मंसिर १९, २०७७
सेयर गर्नुहोस् :
यो सरकारमा पनि भ्रष्टचारले बुरा हाल भयो (गजल)

यो सरकारमा पनि भ्रष्टचारले बुरा हाल भयो,
भू-माफिया दलालहरु सबै माला माल भयो।

छैन गरिबलाई काम देश-बिदेशमा भौतारिदा,
धनिको खेलौना झनबढी गरिब अचाल भयो।

जनताले प्राणको बलि दिएर ल्यायौँ गणतन्त्र,
गरिबलाई नजमिन नओट लाग्ने तिर्पाल भयो।

एकातिर कोरोनाको कहरछ आर्को तिर महिँगी,
गरिबलाई आफ्नो उपचारनै ठुलो प्रखाल भयो।

किराया भाडामा नि लुटेकाछन उपचारमा पनि,
सरकार तिम्रो समाजवाद हाम्रो अनिकाल भयो।

देख्यौँ राणा राजा पछि तिम्रो ताण्डब नाच पनि,
सोझाको जेल भ्रष्टचारीलाई बचाउँने ढाल भयो।

मन्त्रिहरुलाई राजधानी अनि सत्ताको खिचलोछ,
गरिबले रोजगार नपाएर समस्या तालैताल भयो।

चर्चामा

सम्बन्धित समाचार