आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाज
  • जडाङ्गमा बेलिब्रिज माघ महिना भित्र बन्छ, डिभिजन प्रमुख खनाल

जडाङ्गमा बेलिब्रिज माघ महिना भित्र बन्छ, डिभिजन प्रमुख खनाल

बेलिब्रिज निर्माण शुरु

  • आइतवार, कार्तिक ३०, २०७७
जडाङ्गमा बेलिब्रिज माघ महिना भित्र बन्छ, डिभिजन प्रमुख खनाल

बाजुरा–बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा माघ महिना भित्र बेलिबिज्र बनिसक्ने सडक डिभिजन साँफे बगरका प्रमुख ललित खनालले वताएका छन् । सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो ।
ठेक्का खोलेर पनि सम्झौता प्रक्रियामा अगाडि बढीसकेको खनालले वताएका छन् । M/S MK Builders and Construction Company Pvt. Ltd., Dhangadhi, Kailali को नाममा ठेक्का स्वीकृत गर्ने आशय निकालिसकेको छ । माघ महिनाको मसान्त सम्म काम सम्पन्न गरीसक्ने वताए ।
कैलालीको गोदावारीमा मौज्जात रहेको बेलिब्रिज ल्याउने गरि काम शुरु भएको सडक बिभागले बताएको छ । मार्तडी सम्म चाडो भन्दा चाडो गाडि पुयाउनका लागि लागि परेका छौ, चाडै सम्पन्न् गर्ने खनालले बडिमालिका खबरलाइ बताएका छन् ।
साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले बेलिब्रिज वगाएको थियो । नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको थियो । पुरानै बगाएको ठाँउमा उपयुक्त ठाँउ हेरेर बेलिबिज्र निर्माण गर्ने लागेको सडक डिभिजन कार्यलय साँफे बगरका ईन्जिनियर दमन बिष्टले वताएका छन् ।
बाजुरामा बाढिले बेलिब्रिज सँगै सडक लगायत बस्ति बगाएको थियो । बाढीपहिराले बाजुरानै क्षेदबिच्छेद बनाएको १ हप्ता पछि मात्र संघिय सरकारका गृह मन्त्रि राम बहादुर थापा, पुर्व मन्त्रि कर्ण थापा, संघिय सांसद लाल बहादुर थापा शुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्रिको टोलीले अनुगमन गरेको थियो । त्यसको केही समयमा शुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्रि त्रिलोचन भट्ट सहितको टोलीले बाढीपहिरो अबस्थाको अध्यन गरेको थियो ।
संघिय सरकार र प्रदेश सरकारका उच्च ब्यक्तिहरुको भम्रणको बेला बेलिबिज्र बगाएको ठाँउमा चाडै बेलिबिज्र बनाउने आश्वासन दिएका थिए । तर प्रक्रियामा लिदा र ठेक्का खोल्नुपर्ने भएकाले अलि ढिला भएको सडक बिभागले बनाएको वताएको छ । साँफे मार्तडी सडक खण्डको जडाङ्गा सम्म सडक समेत खुलाउने काम भइसकेको छ ।
बेलिबिज्र बगाएको ठाँउमा पहिला स्थानियले अस्थायि रुपमा तुइन बनाएर वारपार गर्ने गरेका थिए । पछि नेपाली सेना र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने बुढिगंगा नदिमा पानि फिजाएर गाडि पास गर्ने योजना त गरेका छौ, तर पानिको बहाफ धेरै भएकाले अलि समस्या भएको वताएका छन् । सरकारका उच्च अधिकारी आएको बेला त चाडै निर्माण गर्छौ बेलिबिज्र भनेका हुन, तर अलि ढिला भएपनि बेलिब्रिज बन्ने भएपछि बाजुरा बासि खुशि भएका छन् । २५ गते राति आाएको बाढिले बुढिगंगा नदिमा बेलिब्रिज सँगै झोलुङ्गे पुलहरु समेत वताएको थियो । नदि किनारमा रहेको खेतियोग्य जमिन र बस्ति बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार