
कँयाै सपनाहरुलाई यहाँ पटक पटक जलाएकी छु
मनलाई मन्दिर हैन एक मशान घाट बनाएकि छु ।।
आफ्नाहरुकाे शहरले जहर पिलाए पछि आज म
दुश्मनहरुकाे बस्तीमा ओखती माग्दै आएकि छु ।।
लेउ मुटु झिकि,हात खुट्टा काटेँ तिमीले भने बमाेजीम,
माफ गर तिमी हासेँकाे हेर्न आँखा चै बचाएकि छु ।।
खोज्दै थिए आफ्नाे भाग्य,सडकका साना बच्चाहरुलाइ देखेँ
लाग्याे संसारकै भाग्यमानी हु म, मैले बा आमा पाएकि छु ।।
ठूला ठूला महल देखाउदै मन जित्न खाेज्छाै तिमी मेराे
भयाे दुःख नगर तिमी म मेरै झुपडिमा रमाएकि छु ।।
