धेरैका देशले आकाश छोएका छन,
हाम्रो देशमा जनताहरु रोएका छन।
छैन काम देशभित्र दिन्छ राहादानी,
परदेशी का हात खुट्टा कोएका छन।
हामिहरुले बिदेशमा पसिना पोख्छौ,
यता देशको श्रिसम्पती धोएका छन।
ल्याए अन्त बाट कुनीति टुक्राए देश,
स्वाभिमान पनि आफै खोएका छन।
संघियता जब देशमा भित्राए उनिहरु,
यो माटोमा बिषालु झार बोएका छन।
सुरेशकुमार पान्डे