बिहिबार, असार ४, २०८३
  • होमपेज
  • समाचार
  • छाउनी अस्पतालमा कोरोना संक्रमित सैनिकको मृत्यु

छाउनी अस्पतालमा कोरोना संक्रमित सैनिकको मृत्यु

  • शनिबार, अशोज १०, २०७७
सेयर गर्नुहोस् :
छाउनी अस्पतालमा कोरोना संक्रमित सैनिकको मृत्यु

काठमाडौं– वीरेन्द्र अस्पताल छाउनीमा उपचारका क्रममा एक कोरोना संक्रमित सैनिक जवानको मृत्यु भएको छ। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत सैनिक जवानको असोज ९ गते मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको हो। उनमा असोज ८ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो।

उनलाई छारे रोगको लक्षण देखिएपछि आकस्मिक रुपमा आइसीयुमा भर्ना गरी उपचार गर्दागर्दै मृत्यु भएको निर्देशनालयले जनाएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या २ पुगेको छ। हालसम्म नेपाली सेनामा २ हजार १ सय ९७ जना संक्रमित भएका छन् भने ५ सय ३९ जना निको भएका छन्। हाल सेनामा सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ५६ रहेको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार