सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • मुख्य मन्त्री सहितको टोलीद्धारा बाजुराका बाढि पिडीतलाई राहत बितरण

मुख्य मन्त्री सहितको टोलीद्धारा बाजुराका बाढि पिडीतलाई राहत बितरण

  • बिहिबार, भदौ १८, २०७७
मुख्य मन्त्री सहितको टोलीद्धारा बाजुराका बाढि पिडीतलाई राहत बितरण

बाजुरा जिल्लाका बाढि पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको छ । सुदुरपश्चीम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाह लगायतको टोली बाजुरा जिल्लाका बिभिन्न ठाउँमा पुगेर राहत साम्रगी बितरण गरेका छन ।
बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा आएको बाढिका कारण मृत्यु भएको १ परिवार र चट्याग लागेर मृत्यु भएका १ परिवारका लागि २ लाख राहत साम्रगी बितरण गरेको छ ।
त्यसै गरी सामाजिक अभियान्ता तथा पत्रकार कृष्ण कडेँलको टोलीले पनी बिभिन्न समस्यामा परेका अति बिपन्न र औषधी किन्न नसक्ने परिवारहरुलाई पनी राहत साम्रगी बितरण गरेको छ । मुख्य मन्त्री संगै आएको इन्द्रेणीको टोलीले समेत जिल्लाको कोल्टी क्षेत्र ७ परिवारलाई करिव ३ लाख भन्दा बढि राहत स्वरुप नगद सहयोग गरेका छन । प्रदेश सरकारले दिएका मृतकका परिवारलाई जनही ५० हजारका दरले दिएको र अन्य गरिव दुखीहरुलाई २० हजार देखी ४७ हजार सम्म राहत स्वरुप नगद हस्तान्तरण गरेका छन ।
त्यसै गरी बाजुरा जिल्लाका हलियाहरुले पनी मुख्य मन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र समेत बुझाएको छ । आफ्ना मागहरुलाई सम्बोद्धन मागहरु सहीत मुख्य मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका छन । त्यसै गरी सडक खाद्यन्न लगायतको माग सहित नागरिक सरोकार मन्च कोल्टीले पनी मुख्य मन्त्री भट्टलाइ ज्ञापन पत्र बुझाएको नागरिक सरोकार मन्चका संयोजक जनेश भण्डारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार