• होमपेज
  • समाचार
  • देशभर १६१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

देशभर १६१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

  • आइतवार, भदौ १४, २०७७
देशभर १६१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १४४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ७० जना आइसियु र १२ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै प्रदेश १ मा १७ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १६ आइसियु र २ जना भेन्टिलेटरमा, र सबै भन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार