• होमपेज
  • समाचार
  • विषालु च्याउ खाँदा बालकको मृत्यु, चार जना बिरामी

विषालु च्याउ खाँदा बालकको मृत्यु, चार जना बिरामी

  • सोमवार, साउन १२, २०७७
सेयर गर्नुहोस् :
विषालु च्याउ खाँदा बालकको मृत्यु, चार जना बिरामी

डडेल्धुरामा विषालु च्याउ खाँदा बालकको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको हो। धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि सेती अस्पतालमै राखिएको छ।

यस्तै च्याउ खादा मृतककी आमा बिस्ना धामी र तीन दिदीबहिनी बिरामी परेका छन्। उनीहरुको पनि सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार