बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर ३ का ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय सर्जन रोकायाको पोखरीमा डुवेर मृत्यु भएको हो। पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई स्थानीयले बेहोस अवस्थामा निकालेको प्रहरीले जनाएको छ।