
काठमाडौं– नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। नयाँ बानेश्वर निवासी ८५ वर्षीय पुरुषको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उच्चरक्तचाप र पार्किन्सनका ती बिरामीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमितको मृत्युको संख्या ३२ पुगेको छ।


