• होमपेज
  • समाज
  • स्वतन्त्र जनदबाब अभियानले उच्च र जिल्ला अदालतमा ज्ञापनपत्र बुझायो

स्वतन्त्र जनदबाब अभियानले उच्च र जिल्ला अदालतमा ज्ञापनपत्र बुझायो

  • सोमवार, असार १, २०७७
स्वतन्त्र जनदबाब अभियानले उच्च र जिल्ला अदालतमा ज्ञापनपत्र बुझायो

गत जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा आज स्वतन्त्र जनदबाब अभियान समुहले उच्च अदालत हेटौडा इजलास र जिल्ला अदालत मकवापुरलाई ज्ञापनपत्र बुझाएको छ।

रुकुम चौरजहारीमा भएको सामुहिक हत्याकाण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आज स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले उच्च अदालत हेटौडा इजलासका मुख्य न्यायाधिस बिष्णुदेब पौडेलसमक्ष ज्ञापनपत्र बुझाउनु भएको हो। यसैगरी आजै स्वतन्त्र जनदबाब अभियानले जिल्ला अदालत मकवानपुरका प्रमुख उपसचिब तीर्थराज भट्टराईसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

सम्बन्धित सरोकार निकायहरुलाई हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमसगैं ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउंदै जाने अभियन्ता भुमिनन्द गौतमले बताउनु भयो । स्वतन्त्र जनदबाब अभियानले यसअघि रुकुम हत्याकाण्डको बिरोधमा बुद्ध चोकमा ५ दिने धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै बिभिन्न निकायलाई ध्यानाकर्षण बुझाइसकेको छ । साथै जेठ ३२ गते प्रदेश सभा अगाडी २ घण्टा धर्ना तथा बागमति प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सङ्कलन गरीसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार