बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका २३ संक्रमित अस्पतालबाट डिस्चार्ज

सुदूरपश्चिमका २३ संक्रमित अस्पतालबाट डिस्चार्ज

  • सोमवार, असार १, २०७७
सुदूरपश्चिमका २३ संक्रमित अस्पतालबाट डिस्चार्ज

धनगढी — सुदूरपश्चिमका २३ जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आईसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २३ संक्रमितलाई आईतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो।

सेती प्रादेशिक अस्पतालबाट १५ जना, महाकाली अस्पतालबाट चार जना, डोटी र अछाम जिल्ला अस्पतालबाट दुई÷दुईजना संक्रमितलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ११ र डोटीका चार जना गरी आईतबार १५ जनालाई डिस्चार्ज गरिएको बताए।

उनका अनुसार डिस्चार्ज हुनेमा गौरीगंगा नगरपालिका वडा नम्बर २ का १९,२१, २४, ३३, २८, ३५ र ४७ वर्षीय पुरुष, वडा नम्बर ४ का २४ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका १० का २५ वर्षीय पुरुष, जानकी गाउँपालिका १ का ३४ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका ५ का २७ वर्षीय पुरुष रहेका छन्।

यस्तै डोटीको केआईसिह गाउँपालिका ३ का २८ वर्षीय पुरुष, ५ वर्षीय बालक, २ वर्षीया बालिका र २७ वर्षीया महिलालाई पनि डिस्चार्ज गरिएको छ।

नयाँ निर्देशिका अनुसार १४ दिने आईसोलेसन अवधी पूरा गरिसकेकाले उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। यसरी डिस्चार्ज भएका संक्रमितले ७ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्नेछ। यसअघि संक्रमित व्यक्तिको दुईपटक सम्म कोरोना रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिदै आएको थियो।

चर्चामा

सम्बन्धित समाचार