• होमपेज
  • समाज
  • प्रदेश सभा अगाडी स्वतन्त्र जनदबाबको हस्ताक्षर अभियान

प्रदेश सभा अगाडी स्वतन्त्र जनदबाबको हस्ताक्षर अभियान

  • आइतवार, जेष्ठ ३२, २०७७
प्रदेश सभा अगाडी स्वतन्त्र जनदबाबको हस्ताक्षर अभियान

जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा स्वतन्त्र जनदबाब अभियानको आयोजनमा आज १२ बजेबाट बागमति प्रदेशसभा भवन अगाडी धर्ना तथा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमति प्रदेशका प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानिया, बिबेकशिल नेपाली दलका प्रदेशसभा सदस्य रमेश पौड्याल,बिबेकशिल साझाका प्रदेशसभा सदस्य शोभा शाक्य, नेकपाका प्रदेशसभा सदस्यहरु ओम बहादुर ग्लान, जुनेली श्रेष्ठ लगायत २ दर्जन प्रदेश सभा सदस्यको उपस्थीति रहेको थियो ।

ह्स्ताक्षर कार्यक्रममा उपस्थीत रहेका बागमति प्रदेशका प्रदेश सभा सदस्यहरुले यो घटनाका बारेमा सदनमा कुरा उठाउने प्रतिबद्धता जनाएका छन् । सबैले यसरी सडक रसदनबाट समाबेशी समाजको  निर्माणका लागि आवाज उठाउनु पर्ने आबश्यकता रहेकोमा उहाहरुको साझा मत रहेको थियो ।

रुकुममा भएको नरसंहारका दोषीलाई कारवाही र पिडितले क्षतिपूर्ति सहित न्याय पाउनु पर्ने माग गर्दै यो कार्यक्रमको आयोजना गरिएको स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिल कुमार खातिले बताउनु भयो।स्वतन्त्र जनदबाब अभियानले यसअघि रुकुम हत्याकाण्डको बिरोधमा बुद्ध चोकमा ५ दिने धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै बिभिन्न निकायलाई ध्यानाकर्षण बुझाइसकेको छ।

चर्चामा

सम्बन्धित समाचार