• होमपेज
  • समाज
  • जन्मदिनको अवसरमा बिस्टले अनाथलयमा सहयोग

जन्मदिनको अवसरमा बिस्टले अनाथलयमा सहयोग

  • शुक्रबार, जेष्ठ ३०, २०७७
जन्मदिनको अवसरमा बिस्टले अनाथलयमा सहयोग

 चक्र बहादुर अएडी– बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ९ स्थाई घरएका मोहन बिस्टले आफ्नो जन्मदिनको अवसरमा अनाथलयमा रहेका बालबालिकाहरुलाई सहयोग गरेकf छन । हाल बुढिगंगा नगरपालिका वडा नम्वर २ ताप्रीसेरा मा होटेल व्यवसाय गर्दै आएका र सेतो गुराँस बालबिकास केन्द्र बाजुराका लेखापालले आफ्नो जन्मदिनको अवसर पारि कन्सन बाजुराका अनाथ बालबालिकालाई राहत स्वरुप फ्रुटि, चिउरा , विस्कुट ,चाउचाउ लगाएतका सामाग्री वितरण गरेको छ ।

आफ्नो ३० औ बसन्त पार गरि ३१ औ बसन्तको अवसरमा अन्यथा देखावटी रुपमा खच गर्नु भन्दा जन्म दिनमा लाग्ने सम्पुर्ण खर्च सानो भएपनि अनाथ लयका बालबालिकामा खर्च गरेको लेखापाल मोहन बिस्टले बताए । विश्वमा महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस ले गर्दा सबै भन्दा बढि असाय , असक्त, बालबालिकाहरुलाई असर प्रर्ने भएकाले आफुले त्यसैले अन्यथा खर्च नगरेर बालबलिकालाई गरेको विस्टले बताए । यता कन्सन बाजुराका सस्थापक विनोद थापाले राहात बुझ्दै बिस्टलाई धन्यबाद समेत दिनुएको छ ।

चर्चामा

सम्बन्धित समाचार