बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • आरडिटी पोजेटिभ देखिएका पुरुषको अवस्था गम्भीर, आईसियुमा भर्ना गरियो

आरडिटी पोजेटिभ देखिएका पुरुषको अवस्था गम्भीर, आईसियुमा भर्ना गरियो

  • बिहिबार, जेष्ठ २९, २०७७
आरडिटी पोजेटिभ देखिएका पुरुषको अवस्था गम्भीर, आईसियुमा भर्ना गरियो

धनगढी — कैलालीमा आरडिटी पोजेटिभ देखिएका एकजना पुरुषको अवस्था गम्भीर भएपछि आईसियुमा भर्ना गरिएको छ। आरडिटी पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका घोडाघोडी नगरपालिका १० का ४८ वर्षीय पुरुषलाई आईसियुमा भर्ना गरिएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दम रोगले ग्रसित ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार आईसियुमा भर्ना गरिएको हो।

उनी स्वास्थ्यमा समस्या देखिएपछि बुधबार नै सेती अस्पताल पुगेका थिए। उनको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार