बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • देश
  • अछामकि कोरोना संक्रमित गर्भवतीको ठूलो आन्द्राको शल्यक्रिया

अछामकि कोरोना संक्रमित गर्भवतीको ठूलो आन्द्राको शल्यक्रिया

  • मङ्लबार, जेष्ठ २७, २०७७
अछामकि कोरोना संक्रमित गर्भवतीको ठूलो आन्द्राको शल्यक्रिया

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल भएको छ। उनलाई सोमबार दिउँसो २ बजे हेलीकोप्टर मार्फत अस्पताल ल्याइएको थियो।

अछामकी २५ वर्षीय कोरोना संक्रमित गर्भवती महिलाको ठूलो आन्द्राको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ।  उनी १८ हप्ताकी गर्भवती हुन्। भारतको मुम्बईबाट १० दिन पहिले गाउँ फर्केकी उनी क्वारेन्टाइनमा बसेकी थिइन्। क्वारेन्टाइनमा रहँदा बिरामी भएपछि बयलपाटा हस्पिटलमा उनलाई भर्ना गरिएको थियो। तर अवस्था जटिल बन्दै गएपछि बयलपाटा अस्पतालले नेपालगञ्ज अस्पतालमा रेफल गरेको थियो।

प्राचार्य डा मोदनाथ मरहठ्ठा, उप–प्राचार्य डा अनुप शर्मा लगायत डा प्रदिप थापा, डा अशिष भट्ट सहितको टोलीले गरेको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। शल्यक्रिया सफल भएसँगै बिहीबारदेखि सबै सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार