बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • देश
  • बाजुराकाे काेल्टि लगायत सुदूरपश्चिमका विमानस्थलको हवाई निरीक्षण

बाजुराकाे काेल्टि लगायत सुदूरपश्चिमका विमानस्थलको हवाई निरीक्षण

  • मङ्लबार, जेष्ठ २७, २०७७
बाजुराकाे काेल्टि लगायत सुदूरपश्चिमका विमानस्थलको हवाई निरीक्षण
फाेटाे पत्रकार अनिल शाहिकाे फेसबुक बाट

नेपालि सेनाकाे स्काइ ट्रक जहाज मार्फत बाजुराकाे काेल्टि लगायत सुदूरपश्चिमका पुनः सञ्चालन र बन्द अवस्थामा रहेका विमानस्थलको मंगलवार निरीक्षण गरिएको छ। नागरिक उड्डयन प्राधिकरणको प्राविधिक सहितको टोलीले विमानस्थलको निरीक्षण गरेको हो।

टोलीले बाजुराकाे काेल्टि, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, बझाङको चैनपुर र डोटीको दीपायल विमानस्थलको हवाई निरीक्षण गरेको हो। सुर्खेतबाट आएको नेपाली सेनाको जहाजले ती सबै विमानस्थलको हवाई निरीक्षण गरेको थियो। पाटन, चैनपुर र दिपायल विमानस्थल कालोपत्रे भएर परीक्षण उडानका लागि तयारी अवस्थामा रहेकाछन् भने गोकुलेश्वर विमानस्थल भने बन्द(कालोपत्रे नभएको) अवस्थामा रहेको छ। सुदूरपश्चिममा हाल बाजुराकाे काेल्टि, अछामकाे साँफेबर र गेटा विमानस्थलमात्रै सञ्चालनमा रहेको छ।

चर्चामा

सम्बन्धित समाचार