• होमपेज
  • समाज
  • अनलाइन कक्षा लिन स्मार्टफोन नभएपछि विद्यार्थीद्वारा आत्महत्या

अनलाइन कक्षा लिन स्मार्टफोन नभएपछि विद्यार्थीद्वारा आत्महत्या

  • सोमवार, जेष्ठ २६, २०७७
अनलाइन कक्षा लिन स्मार्टफोन नभएपछि विद्यार्थीद्वारा आत्महत्या
एजेन्सी
   एजेन्सी

भारतको केरला राज्यमा एक छात्राले अनलाइन कक्षा लिनका लागि स्मार्टफोन नपाएपछि आत्महत्या गरेकी छन् । कक्षा ९ मा अध्ययरत १४ वर्षीया छात्राले आत्महत्या गरेकी हुन् । कोरोना भाइरसको महामारीका कारण विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका थिए । अनलाइन कक्षामा सहभागी हुन स्मार्टफोन परिवारले उपलब्ध गराउन नसकेपछि ति छात्राले आत्महत्या गरेकी हुन् ।

मृतक छात्रा बाबुआमा बालाकृष्ण र शिबासँग केरला भलन्चरी नजिक मंगेरी क्षेत्रमा बसोबास गर्दै आएकी थिइन् । दलित परिवारकी ती बालिका गभर्मेन्ट हायर सेकेण्डरी स्कूल, इरिमविलियमकी विद्यार्थी थिइन् । बालिका गत साताको सोमबार साँझ ४ बजेदेखि हराएकी थिइन्। त्यसको केही समयपछि घरभन्दा १ सय मिटर टाढा उनको शब भेटिएको थियो ।

बालिकाको आमाबाबुले बालिकाले अनलाइन कक्षामा सहभागी हुन नसकेका कारण आत्महत्या गरेको बताएका छन् । उनीहरुका अनुसार देविका मेहनती छात्रा थिइन्, र उनले कक्षा ९ को अनलाइन कक्षाहरु छुटेको सहन नसकी आत्महत्या गरेकी हुन् । उनको घरमा स्मार्टफोन र टेलिभिजन छैन ।

चर्चामा

सम्बन्धित समाचार