बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा थप भेटिए २ जना कालाजारको बिरामी

बाजुरामा थप भेटिए २ जना कालाजारको बिरामी

  • आइतवार, जेष्ठ ४, २०७७
बाजुरामा थप भेटिए २ जना कालाजारको बिरामी

बाजुरामा थप २ जना कालाजारको बिरामी भेटिएको छ । जगन्नाथ गाँउपालिका २ की २० महिनाकी बिपना नाथ र बुढिनन्दा नगरपालिका ३ जैलुका ५४ महिनाका मोहन बोहारालाइ कालाजार देखीको बुढिन्नदा नगरपालिका स्वास्थ्य संयोजक ओमजंग शाहिले वताएका छन् । दुबै जना बिरामीलाई प्रादेशिक अस्पताल धनगढि रिफर गरिएको छ । केही दिन पहिला मात्र २ जनामा कालाजार भेटिएको थिए ।
स्वामिकार्तिक खापर गाँउपालिका २ साप्पाटाका १४ महिनाका योगेस न्यौपानेमा र जगन्नाथ गाँउपालिका ५ का १७ महिनाका देबेन्द्र बुढामा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा कालाजार देखा परेको थियो । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा यसको उपचार छैन् । कालाजारको उपचार धनगढी, नेपालगञ्ज, सुर्खेत लिनु पर्ने डा. राजुराज जैशीले वताएका छन् । यो कालाजार सरुवा रोग भएकाले समयमै सरकारको ध्यान जान जरुरी रहेको जैशीले वताएका छन् ।
कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइ बाट हुने र भुसिनाको टोकाइ बाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।
कोल्टि क्षेत्रमा १ बर्ष पहिला कालाजार बाट एकजना वालिकाको मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृत्यु भएको थियो । कोल्टिमा उपचारका लागि ल्याईएको थियो कालाजार बाट उनको अबस्था गम्भिर भएकाले काठमाडौ रिफर गरयौ त्यस्तै मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ । गएको बर्ष थप दुई जना कालाजारका बिरामी भेटिएका थिए । स्वामिकातिक गाँउ पालिका ५ जेरा बस्ने ११ बर्षिय कञ्चना शाहि र स्वामिकार्तिक गाँउपालिका २ साप्पाटा कि ३ बर्षिय करिश्मा भण्डारीलाई यो रोग देखा परेको थियो ।

चर्चामा

सम्बन्धित समाचार