• होमपेज
  • समाचार
  • २५ जिल्लामा फैलियो कोरोनाभाइरस, पर्सामा सर्वाधिक ८९ जना संक्रमित (तथ्यांकसहित)

२५ जिल्लामा फैलियो कोरोनाभाइरस, पर्सामा सर्वाधिक ८९ जना संक्रमित (तथ्यांकसहित)

  • शनिबार, जेष्ठ ३, २०७७
२५ जिल्लामा फैलियो कोरोनाभाइरस, पर्सामा सर्वाधिक ८९ जना संक्रमित (तथ्यांकसहित)

काठमाडौं — विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोनाभाइरस (कोभिड–१९) नेपालमा पनि तीव्र रुपमा फैलिँदै गएको छ । हालसम्म नेपालका २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २५ जिल्लाका कूल २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर र दाङ जिल्ला निवासीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये मकवानपुर र दाङ निवासीमा शुक्रबारमात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । शुक्रबार रातिसम्म पर्सामा ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार