• होमपेज
  • समाज
  • समाजसेवी जैशीले अमेरीकाबाट गाउँमा दिए खाद्न्न

समाजसेवी जैशीले अमेरीकाबाट गाउँमा दिए खाद्न्न

  • बुधबार, बैशाख १७, २०७७
समाजसेवी  जैशीले अमेरीकाबाट गाउँमा दिए खाद्न्न

बाजुरामै घर भएका तर अमेरीकामा कर्मथलाे बनाएका समाजसेवी मनलाल जैशीले लकडाउनका कारण समस्यामा भएका गाउँका मान्छेलाइ खाद्न्न सहयाेग गरेका छन् । बुढिनन्दा नगरपालिकाका १  साउने गाउँका ५९ परिवारका लागि अमेरीकाबाट सहयाेग गरेका हुन । काेराेना भाइरसका कारणले विश्व आक्रान्त भएको अवस्थामा नेपाल पनी अछूतों नभएकाे र नेपालमा पनी एक महिना बढि लकडाउनमा समस्यामा परेका गाउँका ५९ परिवारलाइ खाद्न्न सहयाेग गरेकाे जैशीले बताएका छन् ।

नेपाल सरकारले यसको रोकथाम र नियंत्रण को निम्ति लकडाउन गरिरहेको बेला यसरी लामों समय सम्म देश लकडाउनमा हुदा दैनिक ज्याला मजदुरी गरी जीविको पार्जन गर्ने ग़रीब एब मजदुर बर्गको जीवनयापन मा समस्या भएकाे हुन सक्ने भन्दै जैशीले खाद्न्न सहयाेग गरेकाे बताएका छन् ।

 लकडाउनका कारण देशभरी दयनीय र कष्टकर बन्दै ग़ैरहेको परिप्रेक्ष्यमा युवा समाज सेबी मनलाल जैशीले बुढीनन्दा नगरपालिका वडा नं १ साउनेगाऊ र जगन्नाथ गाउँपालिका वडा नं १ साउनेगाऊमा अस्थाई बसोबास गर्ने जम्मा ५९ घर धुरी लाई दैनिक उपभोग्य खाद्य समाग्री चामल, तेल र साबुन गरि करिव ६० हजार लागतको समाग्री वितरण गरिएकाे स्थानीय सर्पलाल गिरीले बताए । करिव एक बर्ष अगि अमेरीका गएका गाउँकै स्थानीय समाजसेवी जैशीले गरेकाे सहयाेगले धेरै गरिव अनाथ तथा मजदुरकाे चुलाे बाल्न सहयाेग गरेकाे गिरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार