• होमपेज
  • समाज
  • राहतमा पक्षपात गरेको भन्दै केआईसिंह–६को वडा कार्यालयमा तालाबन्दी

राहतमा पक्षपात गरेको भन्दै केआईसिंह–६को वडा कार्यालयमा तालाबन्दी

  • सोमवार, बैशाख १५, २०७७
राहतमा पक्षपात गरेको भन्दै केआईसिंह–६को वडा कार्यालयमा तालाबन्दी

राहत बितरणमा पक्षपात  भएको भन्दै केआईसिंह गाउँपालिका वडा नं ६ भूमिराजमाण्डौंको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । सरकारले दैनिक ज्यालादारी गर्ने तथा बिपन्न परिवारलाई राहत बितरण गर्नु  बताएपनि भूमिराजमाण्डौंमा पक्षपात पुर्ण ब्यबहार गरेर आफन्त र हुनेखानेलाई बितरण गरेका कारण तालबन्दी गरेको स्थानीय यकेन्द्र भट्टले बताउनु भएको छ ।
वडा अध्यक्ष दिपबहादुर बलायरले आफुलाई भोट नदिएका आधारमा बिपन्न परिवारलाई राहत पाउनेको सूचीमा नाम समाबेश नभएका कारण तालाबन्दी गरेको भट्टले आरोप लगाएका छन ।  बिपन्न परिवारलाई राहत नदिएसम्म तालाबन्दी नखोल्ने भट्टले बताउनु भएको छ ।
तालाबन्दीको सन्दर्भमा वडा अध्यक्ष दिपबहादुर बलायरसंग टेलिफोनमा कुरा गर्ने प्रयास गर्दा उहाँको फोन सुईच अफ  भएकोले कुरा हुन सकेन । राहत पाउनै पर्ने ब्यक्ती छुटेको भएमा तत्काल नाम समाबेश गरेर राहत दिने बिषयमा गाउँपालिका स्पस्ट रहेको केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । शाहीले भने ‘ छोटो समयमा नाम संकलन गर्दा छुटेको भए, हामी सच्चाउन तयार छौँ, मैले त्यो कुरा राहत बितरण कार्यक्रममा समेत भनेको छु ।’ घटनाका बिषयमा जानकारी नभएकाले के भएको हो भनेर बुझ्नका लागी त्यहाँ टोली पठाएको  अध्यक्ष शाहीले  बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार