• होमपेज
  • समाज
  • भोकले मान्छे मर्नु नपरोस मानब अधिकारकर्मी : सत्य तोयाना (भिडियाे सहित)

भोकले मान्छे मर्नु नपरोस मानब अधिकारकर्मी : सत्य तोयाना (भिडियाे सहित)

  • आइतवार, बैशाख १४, २०७७
भोकले मान्छे मर्नु नपरोस मानब अधिकारकर्मी : सत्य तोयाना (भिडियाे सहित)

 लक्ष्मीराज पाध्याय —  बिश्व यतिबेला कोरोनाको युद्धमा रहेको छ । नेपाल पनि लकडाउनको प्रत्यक्ष मारमा परेको बेला गरिव र ज्यालादारीमा काम गर्ने मान्छे भोकभोकै मर्नुपर्ने अबस्था नआउला भन्न सकिदैन मानब अधिकारकर्मी तथा फियान नेपालका महासचिव सत्य तोयानाले बताए ।

बडिमालिका खवरको बिशेष कार्यक्रम कोरोना कहरमा बडिमालिका खवरको अभियान कार्यक्रम मार्फत मानव अधिकारकर्मी तथा फियान नेपालका महासचिव सत्य तोयानाले यस्तो बताएका हुन । जुन सकै अबस्थामा पनी मान्छेले बाँच्न पाउने आधारहरु छन् ति आधारहरुलाई मध्यनजर गरि खान नपाएका मान्छेलाई खाना खुवाउन आबस्यक रहेको मानब अधिकारकर्मी तोयानाले बताए ।

नेपाली हरु कहाँ कहाँ छन् उनिहरुको अबस्था कस्तो छ त्यो हेरेर अबस्थाका आधारमा उनिहरुलाई सहयोग गर्न आबस्यक रहेको उनले बताएका छन् । अहिले सम्मको अबस्था ठिकै भए पनी यसपछिका दिनका लागि सरकारले पुर्णरुपमा योजना बनाएर जनस्तरमा जान आबस्यक रहेको बताए । स्थानीय प्रतिनिधिले सहकार्यबिना आफ्नो काम गरिहेको पाइएको देखिन्छ तर प्रशासनसँग सहकार्य गरि बिषम परिस्थीतीमा सबैले मिलेर जानुपर्ने बताए ।

एकले अर्काको सहयोग गर्नुपर्नेे यस महान अभियानमा कोही कसैले पनी कसैलाई भोकै बस्न नदिने गरि सहयोग गर्नुपर्ने बताएका छन् । सरकारले आपतकालीन अवस्थामा पनि कुशलतापूर्वक काम गरिरहेकै छ, तर पनी हामी सबैले यो समयमा मानव भएर मानव जातीको सेवाका र भोकमरी र रोगबाट जोगाउन सबैले लाग्नुपर्ने अधिकार कर्मी तोयानाले बताए । हाल सरकारले लकडाउनको समयमा कोही कसैले भोकले नपरुन भनी बनाएको कार्यबिधीमा टेकेर सेवा दिने निकायले सेवा दिन आबस्यक रहेको बताएका छन् ।

सार्वजनिक निकायमा सेवाग्राहीको गुनासो सुन्ने छुट्टै कार्यबिधी तोकिनुपर्छ । स्थानीय स्तरबाट आएका गुनासोको समाधान गरी सेवाग्राहीले अपेक्षा गरे अनुसारको सेवा प्राप्त गर्न सकुन तोयानाको भनाई रहेको छ । गरिब जनतालाई समेत तिनका आधारभूत आवश्यकताको पूर्ति गर्ने वातावरण राज्यले मिलाइ दिनुपर्छ, भन्ने मान्यताको विकास हुन जरुरी रहेको तोयानाको भनाई रहेको छ ।

https://www.youtube.com/watch?v=clA8cQ_pzLk

चर्चामा

सम्बन्धित समाचार