• होमपेज
  • समाज
  • निजामती कर्मचारी संगठन बाजुराद्धारा कोरोना नियन्त्रण कोषलाइ सहयोग

निजामती कर्मचारी संगठन बाजुराद्धारा कोरोना नियन्त्रण कोषलाइ सहयोग

  • आइतवार, बैशाख ७, २०७७
निजामती कर्मचारी संगठन बाजुराद्धारा कोरोना नियन्त्रण कोषलाइ सहयोग

बाजुरा ७ बैशाख– नेपाल निजामती कर्मचारी संगठन जिल्ला शाखा बाजुराको तर्फवाट नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा रू २५,हजार सहयोग गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको महामारी कोबिट १९ रोकथाम तथा नियन्त्रणका लागि संगठनले आफनो ३० स्थापना दिवसको अवसरमा सो कार्य गरेको नेपाल निजामती कर्मचारी संगठन बाजुराका उपाअध्यक्ष अंगत महतले बताए ।
संगठनले प्रमुख जिल्ला अधिकारी मार्फत सो रकम हस्तान्तरण गरेको छ । संगठनका उपाअध्यक्षको नेतृत्वमा आधिकारीक ट्रेड युनीयन बाजुराका सचिव दिलिप शाही लगायतको टोली जिल्ला प्रसासन पुगेर सो रकम हस्तान्तरण गरेको संगठनले जनाएको छ ।


निजामती क्षेत्रको पहिलो राष्ट्रिय ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको ऐतिहासिक स्थापना दिवसको अबसरमा जिल्ला कार्यसमिति बाजुराको तर्फवाट कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रू २५ हजार आर्थिक सहयोग गरिएको छ, सबै राष्ट्रसेवक कर्मचारी एकजुट भई कोरोना भाईरस बिरूद्वको लडाइँमा सहयोग गरौं भन्दै सरकरको काममा ऐकेबद्धता भएको संगठनले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार