• होमपेज
  • राजनीति
  • आजको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्‍ने

आजको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्‍ने

  • सोमवार, चैत्र २४, २०७६
आजको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्‍ने

काठमाडौं : कोरोना महामारीको रोकथाम नियन्त्रण र यसका लागि गर्नुपर्ने थप तयारीबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भइरहेको छ । सोमबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने नागरिक उड्यन तथा सँस्कृति पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

बैठकले कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले दुईसातादेखि घोषणा गरेको लकडाउनको अवधि एकसाता थप्ने तयारी गरेको जानकारी प्राप्त भएको छ। कोरोना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउन एकसाता थप गर्ने निर्णय गरेको थियो।सोही निर्णय सोमबरको मन्त्रिपरिषद् बैठकमा प्रस्तावका रुपमा पेस गर्ने तयारी भएको उच्चस्तरीय समितिनिकट स्रोतले जनाएको छ।

अन्नपूर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार