• होमपेज
  • समाज
  • कोरोना रोकथाम का लागि युवा बर्ग को भुमिका :

कोरोना रोकथाम का लागि युवा बर्ग को भुमिका :

  • बिहिबार, चैत्र २०, २०७६
कोरोना रोकथाम का लागि युवा बर्ग को भुमिका :

विस्वमा अहिले देखा परेको कोरोना भाइरस (Covid 19 ) को महमारिले सिङ्गो मानव सभ्यतालाई नै गम्भीर चुनौती दिएको हामीले बुझेका छौ ।मुलुक नै अहिले यस महामारीले भएको भय र सन्त्रास पैदा गरेको छ । मानव रक्षाका निमित्त भैरहेको बह प्रति संबेदनसिल भै हामी युवाले आआफ्नो ठाँउ मा रहि योगदान पुर्याउनु अनिवार्य भैसकेको छ । त्यसैले हामीले यो अबस्थाबाट मुक्त का लागि लकडाउनको उचित पालन गर्नु हामीले बुझेका छौ । युवा साथि हरु हो तेसैमा पनि हाम्रो जिल्ला देशकै ७७ स्थान मा छ तेसैले महामरी को यो संकटको घडीमा अभाव सहेर दिनमा मजदुर गरेर बेलुकी छकटार्ने हिर्दयबिदारक परिस्थितिमा गुजारा चलाइरहेका यो महामारी को मुक्त का लागि लकडाउनको उचित पालना गरिराखेका हरुलाइ हामिले उच्च सराहना गर्नु पर्दछ । तेस्तो परिस्थितिमा गुजारा चलाइरहेका गरिब निमुखा बर्गका लागि हामी युवाले राहत ,उध्दार र व्यबस्थित बन्दोबस्त जुटाउन का लागि स्थानीय सरकार ,त्यहाँ का कर्मचारी , व्यापारी र गैरसरकारी सबै पक्षलाइ समन्वयनकारी ढंगबाट पहल कदमी गरेर मानवीय सेवा र covid 19 विरुद्ध लड्न आभाहान गर्दछु । हामी युवाले सहयोगि सचेतनाको र सच्चा सहल्लाकार को रूपमा हेर्ने आँखा को विकसित गराउनु पर्छ ।यो समयमा हामीले कुनै वाद वा राजनीति भन्दा बाहिर बसेर कोरोना संग लड्न र बाजुरा जिल्ला कोरोना मुक्त जिल्ला बनाउन अगाडि बढौ। हामी युवा यो युद्ध लड्न साहास बनाइ गरिब जनताको घाउमा मलम लागाइ कोरोनाको त्रासका कारण हृदयबिदारक भावमा पिल्सिएका जनतालाइ झन बढी दुख खप्नु परेको छ यो दुखबाट मुक्ति दिन जरुरत छ। युवा साथि हो सबै मानिस समानताको कुरा गर्छन तर अपेक्षाकृत समनता हुन नसकेको कारण खोजिनु पर्छ । यो कोरोनाको लडाइ हदसम्म राजनीतिक बादका कमजोरी उत्तरदायी होलान, केही राजनितिज्ञ जिम्मेवारी होलान तर केही जिम्मेवारी समाजका युवा बर्ग वा सचेत बर्ग मा पनि रहन जान्छ । हामी युवाले अहिले को हाम्रो मुख्य लक्ष्य कोरोना संगको लडाइँ हो भन्ने बुझ्नु पर्छ । यो संकटको घडीमा हामी युवाले Real Politik अर्थित राजनीति का चर्का चर्का नारा होइन सिद्धांतक ठुलाठुला कुरा होइन ! बरु आजको अवस्था र जनताको आबश्कता लाई हृदयङगम गरेर सबै जनता लाई यो संकटबाट मुक्त बनाएर अगाडि बढ्ने प्रवृति जनहित मा आधारित देखिन्छ । आज चीन,इटाली ,अमेरिका , अष्ट्रेलिया जस्ता ठुलो अर्थतन्त्र भएका देशहरू यो महामरी बाट ग्रसित छन ! मैले यस्तो भन्दै गर्दा हाम्रो जिल्ला का राजनीतिज्ञ चुनावको बेला करोडौं खर्च गर्ने अहिले पुरै जनता स्थम्भ भएको बेला हाम्रा नेता सस्तो लोकप्रीयको लागि ४ ५ सयका कपडा का मास्क र र १५ ,२० साबुन का डल्ला बाँडी फेस्बुक मा प्रचार मा लागेका छन । मैले यो भन्नुको तात्पर्य यो होकि मास्कको गुण नबढाइकन कपडा का मास्क बाड्नु अर्थहीन व औचित्य हिन नाटक मात्र हो । हामी युवा ले यस्ता नेताको प्रचार मा लाग्नु हुदैन र हामी यस्तो संकट्को बेला कसै पार्टी का लागि कसिएका जिवित रोबोट प्रवृर्तीमा हामी युवा हुनु हुदैन । हामी युवा सक्षम , प्रष्ट र विवेकशिल भएर सबै राजनीतिज्ञको मुल्यांकन गरेर अभिलेख राखिराख्नु पर्दछ । हामीले विवेक नभरिएका युवालाई चुनाब्को बेलामा मर्न र मार्न उकासेर आफू सत्तामा जानेको लागि यो अभिलेख राखिराख्न जरुरत छ । युबा साथि हो हामीले यत्ति बुझनु पर्छ हामी युबा मर्न र मार्नका लागि होइन हामी केही गर्नका लागि हो । त्यसैले युवा साथि हो हामिले यसलाइ चिरेर एकताबद्ध तवरले अगाडि बडेर सत्यलाई तितो भए ओअनि आत्मसात गर्ने र असत्यलाई तात्कालिक र ब्याक्तीगत एवं पार्टीगत फाइदा भए पनि छोड्न सक्नु पर्छ ।तेसैले अहिले निश्पक्ष मुल्यांकन राखेर सत्य र तथ्री का पछाडि लाग्नु पर्छ । यदि हामी युवा यो माहमारीको युद्धमा लड्न अगाडि बढेनौ भने बाध्यता र बिबशताका कारण भोलि परिवारले परिवार देख्न , भेट्न पाउने छैन । गाउघर ,समाज शुन्य हुने छ, जिउदा का जन्ती मर्दा का मलामी भेटिने छैनन, यो माहामारी ले मरेका मान्छे संखका आवाज बजाउने मान्छे भेटिने छैनन् ,हरियो बाँसमाथि सेतो र पहेँलो कपडा र पैसा को माला र रङ ले सजाएर आर्यघाट पुगाउने मलामी भेटिने छैनन , आफ्नै बा आमाको हात सुमसुम्याउन डराउने छन ,आफै बाआमा लाई दागबत्ती बत्ति दिन छोरा डराउने दिन नाआउला र भोग्नु नपर्ला भन्न सकिदैन ।त्यसैले हामी युवा आफ्नो ठाँउ बाट एकाबध्द भइ कोरोना जस्तो राचेसी बिसाणुबाट मुक्तको लागि लडाइँ लड्न अगाडि बढ्न आभाहन गर्दछु । पौरख खाती बुढिगंगा नगरपालिका ४ साउबाडा हाल काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार