• होमपेज
  • राजनीति
  • सांसद झाँक्रीको सुझाव-महामहिम, युरोप-अमेरिकामा रहेका नेपालीको चिन्ता नगरिबक्सियोस्!

सांसद झाँक्रीको सुझाव-महामहिम, युरोप-अमेरिकामा रहेका नेपालीको चिन्ता नगरिबक्सियोस्!

  • बुधबार, चैत्र १९, २०७६
सांसद झाँक्रीको सुझाव-महामहिम, युरोप-अमेरिकामा रहेका नेपालीको चिन्ता नगरिबक्सियोस्!

संघीय सांसद एवम् नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीको मात्रै चिन्ता देखाएकोमा व्यंग्य गरेकी छन्।

अमेरिकामा कोरोनाको महामारी तीब्र गतिमा फैलिएपछि राष्ट्रपति भण्डारीले नेपालमा रहेको अमेरिकी दूतावासमार्फत् त्यहाँ रहेका नेपालीबारे चासो व्यक्त गरेकी थिइन्।

यही विषयलाई लिएर सांसद झाँक्रीले राष्ट्रपति भण्डारीलाई सामाजिक सञ्जाल ट्विटरमा व्यंग्य गरेकी हुन्।

‘सिधा कुरा: महामहिम! अमेरिका,क्यानडा,युरोप,अष्टेलिया, जापान,कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस,’उनले ट्विटरमा लेखेकी छन् ‘नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन। व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने की?’

नेपालमा समस्यामा परेका श्रमिक वर्ग र मजदुरको चासो नराखी राष्ट्रपतिले सस्तो लोकप्रियताका लागि अमेरिकामा रहेका नेपालीप्रति चासो देखाएको सांसद झाँक्रीले सेतोपाटीलाई बताइन्।

‘यहाँका कामदार के खाइरहेका छन्। उनीहरू कस्तो अवस्थामा छन् चासो देखाउन नपर्ने अनि सुकिलामुकिलाहरूको चासो देखाउन पर्ने भनेको त वर्गमा आधारित सम्बन्ध भयो,’ उनले भनिन्, ‘महाकालीमा मान्छे हाम फालेर नांगै नेपाल आएको छ। यसै पनि मृत्यु उसैपनि मृत्यु बाँचिएछ भने नेपाल जाउला भनेर नेपाल आएको छ। उनीहरूप्रति कुनै संवेदना छैन। तर सार्वजनिक खपतका लागि भने चासो दिन परेको छ।’

लकडाउन भनेको जो जहाँ छ त्यही बस्ने भन्ने रहेपनि सरकारले यो विषयलाई बुझाउन नसकेको उनले बताइन्। कतिपय ठेकेदारले कामदारलाई निकालेकोमा समेत सरकारले ध्यान नदिएको उनले बताइन्।

‘कोही कामदार देशभित्रै लकडाउनमा परेको छ भने सम्बन्धित स्थानीय सरकारले उनीहरूको जिम्मा लिनुपर्छ,’ उनले भनिन्, ‘सरकारको ध्यान स्वदेशमा व्यवस्थापन भन्दा पनि विदेशमा रहेकालाई डलर पठाउनतर्फ गइरहेको छ। भारतमा रहेका नेपालीलाई समेत त्यहाँ अप्ठ्यारो परेमा सरकारले व्यवस्थापन गर्छ भने बुझाउने गरी सन्देश दिनुपर्थ्यो।’

चर्चामा

सम्बन्धित समाचार