• होमपेज
  • समाज
  • असाय बालवालिकालाई सहयोग हस्तान्तरण

असाय बालवालिकालाई सहयोग हस्तान्तरण

  • मङ्लबार, फाल्गुन २७, २०७६
असाय बालवालिकालाई सहयोग हस्तान्तरण

जगन्नाथ गाउपालिका ६ गोत्रीका ४ जना बालवालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । बडिमालिका खबरमा समचार प्रकाशित भएपछि देश बिदेश बाट आर्थिक सहयोग भएको छ ।
४ जना वालवालिका अलअपत्र परेको समचार प्रकाशित पछि सहयोग आएको स्थानिय जस रावलले वताएका छन् । सहयोग रकम केही दिन पहिला गाँउमै हस्तान्तरण र लुगा खाद्यन्न किनेर दिइएको थियो, भने बाकि रहेको ७९ हजार ३ सय ५० सदरमुकाम मार्तडीमा भाइबहिनिका आफन्तलाई हस्तान्तरण गरिएको छ । बाजुरा क्यापसका प्रमुख सुरेश पण्डितले एक कार्यक्रमका माझ हस्तान्तरण गरिएको छ । सहयोग रकम देश र बिदेशमा बस्ने नेपालीहरुले गरेको थिए । समचारमा भाइबहिनि अलपत्र परेको समचार आएपछि सहयोग गरेको हंकङ बाट अनिता अन्छङवे लिम्बुले वताएकि छन् ।
सहयोग गर्नेमा टिकारा शिवाकोटीले १० हजार ९२, निशा मोक्तानले ११ हजार २ सय, रफिक अन्सारी ५ हजार, रबिन श्रेष्ठ २ हजार, महेन्द्र बजचार्य २ हजार, राधिका अधिकारी ९ हजार ८ सय ७८ सहयोग गरेका छन् । त्यस्तै कृष्ण प्रसदा ढकालले १५ सय, महमत कुरमले ५ हजार ६०, तिलक पङ्गेनीले १ हजार ५५, मिलन पौडेलले १० हजार, रमेश भारद्धाजले १० हजार, संगम क्षेत्री ५ हजार, कमल मगरले ७ हजार, जमुना क्षेत्रि र गंगा कोइरालाले १७ हजार ९ सय २०, कल्पना बिष्ट, गणेश कुमार खत्री दिपक थापा, भुमिका अधिकारी बाट १४ हजार १ सय १० र समिर भण्डारीले ५ सय सहयोग गरेका छन् । त्यस्तै हंकङ बाट अनिता अन्छङवे लिम्बु र उनको पहल बाट ३९ हजार २ सय ३० र राजु मगर उनका साथि बाट ४० हजार ५ सय ३६ सहयोग गरेका छन् । ४ भाइबहिनि अलपत्र रहेको समचार आएपछि सहयोग गरेको अमेरीका बाट राजु मगरले वताएका छन् ।
समचार प्रकाशित बास्तवीक अबस्था बुझ्नका एसोएस बालग्रामले स्थलगत अनुगमन गरेको एसोएस बालग्राम धनगढीका निर्देशक पदम हमालले वताएका छन् । अनुगमनमा एसोएस बालग्राम धनगढीका निर्देशक पदम हमाल, एसोएस बालग्राम लुम्बिनिका साहयक निर्देशक गोबिन्द्र ढकाल र लक्ष्मण भण्डारी पिडित बालवालिका घरमा पुगेर स्थलगत अनुगमन गरेको बताएका छन् ।
मंसिर १० गते जगन्नाथ गाउपालिका ६ गोत्रीकी ३५ वर्षियका पुल्ती रावलले छोरा जन्माएको १ घण्टामै मृत्यु भएको थियो । छोरा भने जिवित नै रहेका छन् । पुल्ति रावलको मृत्यु भएपछि उनकि ९ बर्षकि छोरी सुनिता रावल, ७ बर्ष छोरी निशा रावल ४ को छोरा पारस रावल र एक महिना नावालक छोरा सहित ४ जना अलपत्र रहेको स्थानिय जश बहादुर रावलले वताएका छन् । आमाको पुल्तिको मृत्यु भइसकेको छ भने उनका श्रीमान अम्मर रावल मानसिक रुपमा ठिक नभएको घरमा पनि बस्ने नगरेको उनले वताए । चार जना भाइबहिनि ठुलो बुवा नरजङ्ग रावलको परीवार सँग रहेका छन् । नवजात शिशुलाई कहिलेकाँहि कोहि महिलाको दुध चुसाउने र कहिले गाई भैसीको दुध खुवाउने गरेको जश रावलले वताए । आमाको मृत्यु पछि चार जना निकै बिच्चलीमा रहेको लुगा पनि नभएको खान पनि अरुको घरमा खाने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार