बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • राजनीति
  • आमहडतालका कारण सुदूरपश्चिममा सकस

आमहडतालका कारण सुदूरपश्चिममा सकस

  • बुधबार, फाल्गुन २१, २०७६
आमहडतालका कारण सुदूरपश्चिममा सकस

धनगढी, फागुन २१ । थरुहट÷थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेको आमहडतालका कारण कैलाली र कञ्चनपुरमा बन्दको आसिंक प्रभाव परेको छ । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन मंगलबार र आज बुधबार कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरिएको थियो। बन्दका कारण आज छोटो तथा लामो दुरीका सवारी साधनमा प्रभाव देखिएको छ ।

दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।

चर्चामा

सम्बन्धित समाचार