• होमपेज
  • राजनीति
  • कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख बरामद

कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख बरामद

  • सोमवार, माघ १३, २०७६
कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख बरामद

धनगढी– धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्ष सहित १६ जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट गएराती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहितका १६ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरिएको पुष्टि गरेका छन्। उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ।

केही व्यक्ति पक्राउ गर्न बाँकी रहेकाले त्यसपछि मात्रै पूर्ण विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार