• होमपेज
  • राजनीति
  • एमसीसीलाई भित्र्याउनु देशलाई संकट निम्त्याउनु हो : नेता कार्की

एमसीसीलाई भित्र्याउनु देशलाई संकट निम्त्याउनु हो : नेता कार्की

  • आइतवार, माघ १२, २०७६
एमसीसीलाई भित्र्याउनु देशलाई संकट निम्त्याउनु हो : नेता कार्की

बाजुरा १२ माघ– मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौतालाई स्वीकार गर्ने हो भने देश संकटमा फस्न सक्ने सघिंय समाजबादी पार्टीका केन्द्रीय सदस्य युवराज कार्कीले बताए । बाजुरा जिल्लामो आयोजित पत्रकार सम्मेलन मार्फत यस्तो बताएका हुन् । डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ती पार्टी र उपेन्द्र यादवको सघिंय समाजबादी फोरमको एकीकरण कार्यक्रमको पत्रकार सम्मेलनमा नेता कार्कीले यस्तो बताएका हुन । एमसीसी अनुदानका नाममा नेपालमा अमेरिकाले प्रत्यक्ष शासन चलाउन अभ्यास गरिरहेकोे छ भन्ने कुरा सत्तामा रहेका र ठुला पार्टिहरु ब्यखवर बनेको आरोप समेत लगाएका छन् ।
सत्तासीन दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यो अमेरिकी सहयोगलाई स्वीकार गर्ने पक्षमा देखिएका भए पनि सत्ताको आडमा ब्यमौसमी बाजा जस्तै रहेको नेताका कार्कीको भनाइ रहेको छ । कुनै देशले हाम्रो देशलाई आर्थिक सहयोग मार्फत विकास र निर्माणका काममा टेवा पु¥याउन खोज्नुलाई स्वाभाविक र स्वागतयोग्य मान्न सकिन्छ । तर अमेरिकाले आफ्नो यो अनुदान सहयोगलाई नेपालको संसदबाट पारित गराएर यो सहयोगका निम्ति गरिएको सम्झौतापत्रमा उल्लेखित बुँदाहरूलाई नेपालको कानुन भन्दा माथि राख्न खोजिएको अवस्था नेपालको राष्ट्रिय स्वाधीनतामाथि ठाडो हस्तक्षेप गर्ने मनसाय रहेको कार्कीले बताए ।
विशेषगरी भारतसँग भएका सम्झौताले नेपालका नदीनाला लगायत प्राकृतिक स्रोतसम्पदा भारतको कब्जामा गएको मान्यता रहँदै आएको छ । साथै, अबका शासकहरूले पनि अन्य कुनै देशसँग नयाँ सम्झौता गर्दा राष्ट्रिय हितलाई ध्यान राख्न र राष्ट्रलाई घात हुने किसिमले कुनै पनि सम्झौता नगर्न समेत चेतावनी दिएका छन् ।
सघिंय समाजबादी पाटी बाजुराको एकीरण हिजो सम्पन्न भएको छ । डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ती पार्टी र उपेन्द्र यादवको सघिंय समाजबादी फोरमको एकीकरण कार्यक्रमको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ । जिल्ला अध्यक्षमा नरेन्द्र रावलको नेतृत्वमा एकीकृत समिति निर्माण गरिएको समाजबादी पार्टीकी सुदुर पश्चीम सह इन्चार्ज पबित्रा तिमिल्सेनाले बताईन । सचिवमा लोकेन्द्र शाही,सुनिल बिश्वकर्मा,बिनोद बिक लगायतको समिति गठन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

चर्चामा

सम्बन्धित समाचार