• होमपेज
  • समाचार
  • लम्की जेसिस वर्ष २०२० को अध्यक्षमा बबिता पाण्डे निर्वाचित

लम्की जेसिस वर्ष २०२० को अध्यक्षमा बबिता पाण्डे निर्वाचित

  • बुधबार, माघ १, २०७६
लम्की जेसिस वर्ष २०२० को अध्यक्षमा बबिता पाण्डे निर्वाचित

लम्की जेसिस वर्ष २०२० को अध्यक्षमा बबिता पाण्डे निर्वाचित भएकी छन् । शनीबार राति लम्की जेसिज सभाहलमा सम्पन्न शाखा अबिधेशन बाट बबिता सर्ब सम्बतरुपमा अध्यक्ष पदमा निर्बाचित भएको निर्बाचन अधिकारी जुगराम चौधरीले जानकारी दिएका छन् । निर्बाचित अध्यक्ष बविता पाण्डेले लम्की जेसिज बर्ष २०२० युवामय बनाउने उद्घोष समेत गर्नु भएको छ । जसको कार्यकारीणि उपाध्यक्षमा ललित देउवा र रामबहादुर चलाउने सर्बसम्मत चयन  भएका छन।

यस्तै उपाध्यक्षमा रजबहादुर थापा, भुपेन्द्र तिमिल्सैना, कमल बहादुर क्षेत्री र नारदप्रसाद जोशी सर्ब सम्बत रुपमा निर्बाचित हुनु भएको लम्की जेसिस वर्ष १९ का अध्यक्ष मोहन ढुंगानाले जानकारी दिनु भयो छ । लम्की जेसिस वर्ष अध्यक्ष हुने बबिता दोस्रो महिला हुन । लम्की जेसिज बर्ष २०१९ का अध्यक्ष महोन ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष रामबहादुर बोगटी रहनु भएको थियो ।

कार्यक्रममा लम्की जेसिजका पुर्ब अध्यक्ष खडानन्द सापकोटा, डम्बर बहादुर शाह, जुगराम चौधरी, लम्की लेडिज जेसिजका अध्यक्ष इशरा थापा, महा सचिव मिना बिष्ट, उपाध्यक्ष सृजना काफ्ले लगायतकाको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार