शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश
  • दुर्गमको नमुना टाँटे स्वास्थ्य चौकी

दुर्गमको नमुना टाँटे स्वास्थ्य चौकी

  • बुधबार, पुस १६, २०७६
सेयर गर्नुहोस् :
दुर्गमको नमुना टाँटे स्वास्थ्य चौकी

बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकी दुर्गममै नमुना स्वास्थ्य चौकीका रुपमा स्थापित भएको छ । स्वास्थ्य चौकीले दिने सेवा सुबिधा भन्दा पनि अन्य सेवा दिदै पहाडि जिल्लाको हकमा नमुना स्वास्थ्य चौकीको रुपमा रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
२०२० सालमा स्थापना भएको टाँटे स्वास्थ्य चौकीमा प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सञ्चालन गर्दै आएको छ । स्वास्थ्य चौकीले दिने सेवा भन्दा आकस्मिक रुक्क्तसञ्चार सेवा, एक्सरे सेवा, इर्मेजेन्सि सेवा, ल्याब सेवा र बिरामी भर्ना गरेर उपचार गर्दै आएको छ । टाँटे स्वास्थ्य चौकीले दिएको सेवा हिमाली तथा पहाडि जिल्लामा उत्कृष्ट रहेको छ । त्यो सेवा सञ्चालनमा आफै ब्यबस्थापन गरेको गरेको छ ।
स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा, भिसिटि केन्द्र, ओसिटि सेवा समेत सञ्चालन गर्दै आएको बुढिगंगा नरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । स्वास्थ्य चौकीको कार्यक्षेत्रमा थप प्रसुति केन्द्र स्थापना गरेर सेवा दिइरहेको वताए । सरकारी दरबिन्द भन्दा बाहेक सबै ब्यबस्थापन स्वास्थ्य चौकीले नै गरीरहेको शाहले वताएका छन् । अन्य अस्पताल संस्था सँगको सहकार्यमा शिबिर सञ्चालन गरेर बिशेषज्ञ सेवा समेत दिदै आएको छ । गेटाँ अस्पातलको सहकार्यमा प्रत्येक बर्ष आँखा शिबिर समेत सञ्चालन हुदै आएको स्वास्थ्य चौकीले जनाएको छ ।
स्वास्थ्य चौकीले राम्रो सेवा दिने भएकाले बाजुराको तल्लो भेगका त्रिबेणी नगरपालिका, छेडेदह गाँउपालिका, बुढिगंगा नगरपालिका लगायत अन्य गाँउ पालिका र नगरपालिका बाट सेवा लिन आउने गरेका छन् । दैनिक ५० जना भन्दा बढि बिरामीको उपचारमा आउने गरेको स्वास्थ्य संस्थाले वताएको छ । स्वास्थ्य चौकीले जिल्लामै पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो । एम्बुलेन्स सेवा बाट जिल्ला भरीका बिरामीलाई सेवा दिदै आएको छ । कुपोषित बच्चाको उपचार समेत स्वास्थ्य चौकीमा हुने गरेको छ ।
जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माका अनुसार टाँटे स्वास्थ्य चौकीले राम्रो सेवा दिएको वताएका छन् । बाजुरामा स्वास्थ्यका केही राम्रा गतिबिधि पनि त्यहि स्वास्थ्य चौकी बाट हुने वताए । पुर्ण खोप गाबिस, सस्थागत सुत्केरी घोषणा पनि टाँटे स्वास्थ्य चौकी बाट भएको वताए । अर्कौ राम्रो पक्ष ईमेरजेन्सि सेवा दिएर बिरामी भर्ना गर्ने गरेको वताए । स्वास्थ्य चौकीको सरसफाइ ब्यबस्थापन पनि धेरै राम्रो रहेको छ । बुढिगंगागा नगरपालिका नगर प्रमुख दिपक शाहले भने अरु स्वास्थ्य चौकीले पनि यहाँ सिकाइ सिक्न जरुरी रहेको वताए ।
टाँटे स्वास्थ्य चौकीले ल्याब सेवा मात्र सञ्चालनमा नभई गुणस्तरीय सेवा समेत दिदै आएको छ । ल्याब सेवा बाट प्राथमिक स्वास्थ्य केन्द्रमा हुने सबै प्रकार जाँच गर्दै आएको छ । रगत, दिशापिसाब, खकार चेक जाँच हुने गरेको छ । त्यो सँगै एचआईभि रगत परिक्षण समेत हुने गरेको छ । ल्याब टेक्निसम खड्ग बिष्टका अनुसार सके जति गुणस्तरीय सेवा दिइरहेका छौ, आबश्यक परेमा २४ घण्टामा यो सेवा दिने गरेको वताए । देशमै ग्रामिण भेगका स्वास्थ्य चौकिमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालन नभएपनि टाँटे स्वास्थ्य चौकीले सेवा सञ्चालनमा ल्याइरहेको स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार