मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • सदरमुकाम मार्तडीको खुला मञ्च बन्यो डपिङ्ग ठाँउ, सरकार नै मुखदर्शक

सदरमुकाम मार्तडीको खुला मञ्च बन्यो डपिङ्ग ठाँउ, सरकार नै मुखदर्शक

  • शुक्रबार, मंसिर २७, २०७६
सदरमुकाम मार्तडीको खुला मञ्च बन्यो डपिङ्ग ठाँउ, सरकार नै मुखदर्शक

प्रकाश सिंह
बाजुराको सदरमुकाम मार्तडीमा रहेको खुलामञ्च पछिल्लो समय डपिङ्ग ठाँउ बनेको छ । माटो, वालुवा, ढुङ्गा, गिट्टि लगायत फोहोर फाल्ने ठाँउ बनेको छ । यसरी सार्वजनिक ठाँउमा डपिङ्ग क्षेत्र बनाउदा सम्बन्धित निकाय भनै मुखदर्शक बनेको छ ।
जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय प्रमुखको निवास, बडिमालिका नगरपालिका, बडिमालिका नगरपालिका वडा नम्बर ८ को वडा कार्यलय बिचमा खुला मञ्च छ, तर डपिङ्ग क्षेत्र बन्दा सम्म सबै मुखर्दशक भएका छन् । पटक पटक माटो हटाउनका लागि प्रशासनलाइ आग्रह गर्दा पनि वास्ता नभएको नेकपा जिल्ला कमिटि सदस्य काशि बिकले वताए । पहिलो नगरपालिकाले नै ठेकेदार बिजय पण्डितलाई माटो फाल्न लगाएको हो नगरपालिकाको गल्ति हो, दोस्रो प्रशासनले निर्माण सामाग्री नहटाउदा उसको गल्ति भएको बिकले थपे ।
खुलामञ्च डपिङ्ग क्षेत्र बनेको १ बर्ष भइसकेको छ । सार्वजनिक कार्यक्रम गर्ने ठाँउ एउटै त्यहि मञ्च हो, त्यो नै अस्तब्यस्त बनाएपछि कार्यक्रम गर्न मालिका उच्च माबि र जिल्ला समन्वय समितिको चौरमा हुने गरेका छन् । भलिबल खेल्न मैदानका रुपमा प्रयोग हुने गरेको मञ्च एक बर्ष देखी भलिबल समेत खेल्न बन्द भएको भलिबल खेलाडी शुरेस खडकाले वताएका छन् । हटाउन त भन्यौ कसैले नसुनेको उनले वताए ।
स्थानियले खुलामञ्च खालि गर्न पटक पटक आग्रह गरयौ, तर कसैले वास्ता नगर्दा समस्या भएको स्थानिय तुला बहादुर रोकायाले वताए । कसैलाई केही वास्ता छैन्, मञ्च बनाइएको छ, अर्कोतिर सार्वजनिक शौचालय छन्, सबै अलपत्र अबस्थामा रहेको उनले वताए । खुलामञ्च यो अबस्था बनेपछि धेरै मानिस जम्मा हुने ठाँउ समेत नरहेको छ । पानि आएको दिनमा मञ्चा बाट माटो बगेर बजार आउने गरेको छ, आवतजावत गर्न निकै समस्या हुने उनले वताए ।
शुरुमा नगरपालिकाले ठेकेदार बिजय पण्डितले माटो थुपार्न लगायो । त्यो सँगै जिल्ला प्रशासनले पनि सबै साम्रागी त्यहि जम्मा गरयो, गिट्टि फुटाउन पनि त्यसैमा लगायो । बिस्तारै अरुले समेत माटो र फोहोर फाल्दै गए । वडा नम्बर ८ का अध्यक्ष प्रकाश रावलले पनि घरको माटो ल्याएर त्यहि थुपारेका छन् । खुलामञ्च डपिङ्ग क्षेत्र बन्दा नजिकै रहेको वालमन्दिर आधारभुक्त बिद्यालय समेत प्रभाबित भएको छ । मञ्चमा डपिङ्ग बनाएपछि वालबालिकालाई आवतजावत गर्न समस्या र खेल बाट बञ्चित भएको प्रअ शुसिला बुडथापाले वताएकि छन् ।
प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले यो तत्काल हटाउन लगाउने वताएका छन् । बडिमालिका नगरपालिकाका उपप्रमुख कबिता बिष्टले भनिन्, हामिले कसैलाई फाल्नु भनेकै हैन, तर हामी चाडै फाल्न लगाउने जवाफ दिएकि छन् । खुलामञ्चको जग्गा जिल्ला समन्वय समितिको हो, नजिकै समन्वय प्रमुख बस्ने निवास छ, तर उहाँलाई पनि बेवास्ता रहेको स्थानियको आरोप छ, उहालाई किन यसरी जम्मा गर्न लगाएको भन्दा बसेर सल्लाह गरमला भनेर प्रतिक्रिया दिएका छन् । वडा अध्यक्ष रावल भने अरुले फालेकोले केही दिनका लागि माटो ल्याएर फालेको केही दिनमा हटाउने तर प्रशासन र पहिला फाल्ने ठेकेदारले हटाउनु पर्ने उनको तर्क रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार