शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • एक लाख ५५ हजार रियालसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

एक लाख ५५ हजार रियालसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

  • सोमवार, मंसिर ९, २०७६
एक लाख ५५ हजार रियालसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

एक लाख ५५ हजार साउदी अरबको रियालसहित एक भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

काठमाडौंबाट दुबइका लागि प्रस्थान गर्न लागेका भारतीय नागरिक आसफाक मिर्जाको साथबाट १ लाख ५५ हजार रियाल बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ। उनले लगेजमा लुकाएर लैजान लागेका अवस्थामा रियाल बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त रियालको नेपाली रकम ४७ लाख ३९ हजार हुन आउँछ ।

चर्चामा

सम्बन्धित समाचार