बैतडी : सुुुुर्नया गाउँपालिका–६ का डम्मरदत्त अवस्थीका छोरा रामदत्त अवस्थीलाई एक वर्षअघि कडा निमोनियाले ग्रस्त बनायो । नजिकका स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा उपचार नभएपछि अवस्थी छोरा लिइर भारतको पिथौरागढ पुुगे ।
‘विशेषज्ञ सेवाका लागि हामीले अझैं पनि भारतकै भर पर्नुुपरेको छ । तराईका जिल्ला जानुुुुभन्दा नजिक भारत पर्छ । यहाँ जाँदा केही सस्तो पनि पर्छ । पहाडी जिल्लाका अस्पतालमा रोग पहिचान गर्नसक्ने चिकित्सकसमेत छैनन्’, उनले भने ।
दशरथचन्द नगरपालिका–५ का तेजराम लोहार आफ्ना बुुबाको नियमित स्वास्थ्य उपचार भारतको पिथौरागढमै गराउँदै आएका छन् । जिल्ला अस्पतालमा रोग पत्ता नलागेपछि भारत पुुर्याएको उनले बताए । ‘बुुबाको स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पाल पुुुुगँे । औषधिले निको नभएपछि भारत लिनुुपर्यो । अहिले पिथौरागढबाटै नियमित औषधि ल्याएर खुुवाइरहेको छुु’, लोहारले भने ।
जिल्ला अस्पतालमा बिशेषज्ञ सेवा नहुुुुँदा यहाँका अधिकांश नागरिक उपचारका लागि भारत पुुग्ने गर्छन् । नजिक विशेषज्ञ सेवासहितका अस्पताल नभएको र काठमाडौं पुुर्याउन महँगो खर्चिनुुपर्ने भएपछि उनीहरू भारत जाने गरेका हुुन् । डडेलधुुुुरा र धनगढीभन्दा पिथौरागढ नजिक पर्छ । जिल्ला अस्पतालमा दरबन्दी भए पनि सो अनुुसारका चिकित्सक छैनन् ।
‘यहाँ नवौं तहको एक र आठौं तहका दुुुुई जना चिकित्सक दरबन्दी छ । तर म एक्लैले काम गरिरहनुुपरेको छ’, जिल्ला अस्पताल बैतडीका प्रमुुख डा. जगदीशचन्द्र विष्टले भने, ‘हाम्रो रेफरल सेन्टर डडेलधुुुुरा र सेती अञ्चल अस्पताल हो । यी दुुवै यहाँबाट निकै टाढा छनुु । टाढा भएकैले भारततिर जानुुहोस् भनेर सल्लाह दिनुुपरेको छ ।’ सडक दुुुुर्घटना लगायतका आकस्मिक बिरामीलाई उपचार गराउन भारत रेफर गर्नुुको विकल्प छैन । ‘दरबन्दी नै नभएको विशेषज्ञको कुुुुरै भएन तर भएका दरबन्दी पनि पूर्ति गरिएको छैन,’ डा. विष्टले थपे, ‘छात्रबृति करारका डाक्टर पनि सुुुुगममै पठाउने प्रवृति छ । स्वास्थ्य सेवा विभागले दुुुुर्गमका अस्पतालमा डाक्टर नै पठाउन सकेको छैन ।’
केसीका माग पूरा गर्न आग्रह
पहाडी क्षेत्रका नागरिकले आफ्नो क्षेत्रमा सुुविधासम्पन्न स्वास्थ्य संस्था स्थापना गर्न माग गरेका छन् । उपचार गराउनै भारत जानुुपर्ने बाध्यताबाट मुुक्ति पाउन डा. केसीले राखेका माग सरकारले पूरा गर्नुुपर्ने स्थानीयको माग छ । डाक्टर केसीले सर्वसुुुुलभ उपचार पाउनुुुुपर्ने, चिकित्सा शिक्षामा सबैको पहुुुुँच हुुुुनुुुुपर्ने कुुुुरा उठाएकाले सरकारले नागरिकका लागि पूरा गर्नुुपर्ने तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले बताए ।
उनले भने ‘हामीले उपचारका लागि भारतका अस्पतालमा लाखौं खर्चिनुुपरेको छ । डाक्टर केसीले पहाडी जिल्लामा सुुुुविधासम्पन्न अस्पातल, दरबन्दी अनुुुुसारका चिकित्सकको माग राख्नुुुु भएको छ । यो माग पूरा गर्न सरकारले ढिलाइ गर्नुुहुुँदैन ।’
डाक्टर केसीले उठाएका माग पूरा भएमा उपचारका लागि भारतमा जाने सर्वसाधारणको लाखौं रुपैयाँ जोगिने जगन्नाथ बहुुुुमुुुुखी क्याम्पसका प्रमुुुुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘सबैले सर्वसुुुुलभ उपचार पाउनुुुुपर्छ । सबैको चिकित्सा शिक्षामा पहुुुुँच हुुुुनुुुुपर्छ । यो सबै नेपालीको माग हो । हामीलाई हाम्रो ठाउँमा उपचार सेवा पाउँदा धेरै फाइदा हुुुुन्छ । त्यसैले सरकारले डा.केसीका माग पूरा गर्नेतर्फ ध्यान दिनुुपर्छ ।’