शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा !

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा !

  • शुक्रबार, कार्तिक २९, २०७६
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई नियुक्तीको तयारी गरेका छन् । अनौपचारिक छलफलपछि थापालाई नियुक्तीको तयारीमा प्रधानमन्त्री जुटेका हुन् ।

नेकपाको प्रचार विभागको उपप्रमुखसमेत रहेका थापाले अनौपचारिक रुपमा काम थालेको स्रोतले जनाएको छ । अबको मन्त्रिपरिषद् बैठकबाट थापा औपचारिक रुपमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्नेछन् । उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार बनेका थिए ।

चर्चामा

सम्बन्धित समाचार