• होमपेज
  • समाचार
  • चिसोका कारण तेस्रो दिनमै थलिए सत्याग्रही डा. केसी

चिसोका कारण तेस्रो दिनमै थलिए सत्याग्रही डा. केसी

  • बुधबार, कार्तिक २०, २०७६
चिसोका कारण तेस्रो दिनमै थलिए सत्याग्रही डा. केसी

डडेल्धुरा : चिकित्सा क्षेत्रमा सुधारको मागराख्दै पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीले डडेल्धुरा सदरमुकामबाट शुरु गरेको १७औं पटकको सत्याग्रह बुधबार तेस्रो दिन पनि जारी छ ।

डडेल्धुरा सदरमुकाम स्थित संघीय सरकार मातहतको डडेल्धुरा अस्पताल परिसर नजिकको एक निजी घरबाट सत्याग्रहमा रहेका डा. केसीले तेस्रो दिन बुधबार बिहानैदेखि सर्वसधारणसँगको भेटघाट र बोलचालबन्द गरेका छन । अत्याधिक चिसोका कारण डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको र ब्लड प्रेसर निकै घटेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।

बुधबार बिहान नियमित व्लडप्रेसर जाँच गरेका डा. कँडेलले डा. केसीको व्लड प्रेसर निकै कम भएको बताए । “हिजोसम्म व्लड प्रेसर ठिकठिकै थियो,” डा. कँडेलले भने, “आज ९०÷६० माझरेको छ ।”
डा. केसीलाई स्लाईन दिन खोज्दा नमानेको र स्वास्थ्य अबस्था बिग्रन थालेकाले अस्पताल लगेर राख्न आवश्यक भएको डा. कँडेलले बताए । डा. केसीले तेस्रो दिन बिहान केहि ब्यक्तिलाई भेटघाट गरेका थिए । तत्पश्चात डा. केसीलाई भेटेर आन्दोलनमा एक्यवद्धता जनाउन गएका स्थानीयहरु भेटघाट नगरी फर्किन थालेका छन । व्लड प्रेसर घटदै गएकाले सत्याग्रही डा. केसी मुर्छा पर्नसक्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।

डा. केसीले सोमबार बेलुकी देखि १७औं पटकको सत्याग्रह डडेल्धुरामा शुरु गरे देखिनै स्थानीयले उनलाई सघाई रहेका छन् । डडेल्धुरा सहित सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका स्थानीय अगुवाहरुले सत्याग्रह स्थल पुगेर डा. केसीलाई भेट्दै आन्दोलनमा एक्यवद्धता जनाएका छन् ।

मंगलबार जिल्ला स्तरीय नेता कार्यकर्ता सहित सत्याग्रह स्थल पुगेर भेटघाट गरेका नेपालीकाँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले पवित्र भावनाका साथ डा. केसीले उठाएको आन्दोलनमा नेपालीकाँग्रेस डडेल्धुराको एक्यवद्धता रहेको बताए । उनले डा. केसीका माग समयमै सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।
डडेल्धुरा सदरमुकामबाट १७औं चरणको सत्याग्रह शुरुगर्दा डा. केसीले पत्रकार सम्मेलनको आयोजना गर्दै सात सुत्रीय माग सार्वजनिक गरेका थिए । त्रिवि शिक्षण अस्पतालबाट केही दिन अघि मात्र अवकाश पाएका डा. केसीले सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि कार्तिक ८ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

नेपालीहरुको महानपर्व तिहार परेकाले केहि ढिलागरि १७औं पटकको सत्याग्रह डडेल्धुराबाट शुरु गरिएको हो । सरकारले माग सम्बोधन गर्नुको साटो उल्टै सम्झौता उलंघन गरेकाले आन्दोलनमा जानुको विकल्प नरहेको बताउदै डा. केसीले बरु डडेल्धुरामै मर्ने तर माग सम्बोधन नभएसम्म सत्याग्रह नछाड्ने प्रतिवद्धता जनाएका छन ।
गतभदौमा डडेल्धुरा पुगेर सदरमुकामस्थित डडेल्धुराको अवलोकन गरेका डा. केसी यसपटक अनशन बस्न सोमबार दिउसो मात्रै डडेल्धुरा पुगेकाहुन । सरकारी अस्पतालमा सत्याग्रहनबस्ने घोषणा गरेका डा. केसीले अस्पताल परिसर नजिकै रहेको स्थानीय निलकण्ठ भट्टको निजी घरमा बसेर सत्याग्रह आरम्भ गरेका छन् । भट्ट डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

यसपटक डा.केसीले नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, अर्वौको ठगी र आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिक कडा कारवाही गरिनु पर्ने, संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्र्धी गर्ने सम्बन्धि लगायतका निर्णयहरु खारिज गरिनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पुर्वाधार र जनशक्ति पु¥याएर एमवीवीएस कार्यक्रम सञ्चालनगरिनुपर्ने लगायत सात सुत्रीय माग अघि सारेका छन् ।

डोटी, डडेल्धुरा, उदयपुर र इलाम पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न प्रकृया अघि बढाउनु पर्ने, क्यान्सर लगायतका महंगो औषधीहरु भारत भन्दा ४–५ गुणा महंगो भएकाले सुफथ मुल्यमा उपलब्ध गराइनुपर्ने, कर्मचारी समायोजनका क्रममा सेवा अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरिनुपर्ने र संक्रमणकालिन न्याय सम्बन्धी आयोगहरुमा दलीय भागबन्डा रोकी पीडितहरुको मागअनुसार सम्बन्धित कानून संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्ती गरिनुपर्ने माग अघि सारिएको छ ।

यसअघि १६ पटकसम्म आमरण अनशन बसेका केसीले माग पुरा नहुन्जेल सम्म आन्दोलन जारी रहने बताए । उनले ओली प्रधानमन्त्री भएका बेलामात्रै यसपटक गरि चौथो पटक सत्याग्रह बस्नु परेको जानकारी दिए । हरेक दलका नेताहरुले सरकारको नेतृत्व गरेका बेला सत्याग्रह बसेपनि कसैले माग सम्बोधन नगरेको उनले स्पष्ट पारे ।

चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन उनी १६ पटकसम्म अनशन बसिसकेका छन । उनले आफ्नो १५ औं अनसन जुम्ला र १६औँ अनशन इलाम पुगेर शुरु गरेकाथिए ।

चर्चामा

सम्बन्धित समाचार