• होमपेज
  • राजनीति
  • उपेन्द्र यादवविरु द्ध जाहेरी जिल्ला अदालत रौटहटमै १३ वर्षदेखि विचाराधीन

उपेन्द्र यादवविरु द्ध जाहेरी जिल्ला अदालत रौटहटमै १३ वर्षदेखि विचाराधीन

अब पक्राउ पर्ने पालो मन्त्री उपेन्द्र यादवको

  • मङ्लबार, कार्तिक ५, २०७६
उपेन्द्र यादवविरु द्ध जाहेरी जिल्ला अदालत रौटहटमै १३ वर्षदेखि विचाराधीन

काठमाडौं धमाधम पावरफुल व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरु समेत त्रसित भएका छन्। प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका छन्। गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन्। यसले अ पराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी छ।रौतहटको १२ वर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको दबाब प्रहरीमाथि परेको छ। यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधान मन्त्रीकै पद खुस्कने निश्चित छ।

हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्ध जाहेरी जिल्ला अदालत रौटहटमै १३ वर्षदेखि विचाराधीन रहेको समाचार आजको दृष्टि साप्ताहिकमा प्रकाशित छ। ७ चैत २०६३ मा गौर नर संहार भएको थियो। जसमा २७ जना माओावदी कार्यकर्ताको वि भत्स ह त्या भएको थियो। माओवादी कार्यकर्ताहरुलाइ लखेटी लखेटी विभत्स ढंगले हत्या भएको थियो। त्यो घटनामा तत्कालीन मधेशी जनाधिकार फोरमका नेता यादव विरुद्ध मृतकका परिवारले उजुरी दिएका थिए । तर अहिलेसम्म त्यो घटनाको अनुसन्धान प्रहरीले गरेको छैन। आलमलाई पक्राउ गरेपछि यादवलाई पनि पक्राउ गरी कार बाही गर्न गौर ह त्याका ण्डका पीडितहरु प्रहरीमा जान थालेको स्रोत बताउँछ।

चर्चामा

सम्बन्धित समाचार