• होमपेज
  • राजनीति
  • कांग्रेसका शीर्ष नेताहरु काण्डै काण्डमा मुछिए, देउवा, गच्छदार र सिटौला तनावमा !

कांग्रेसका शीर्ष नेताहरु काण्डै काण्डमा मुछिए, देउवा, गच्छदार र सिटौला तनावमा !

  • सोमवार, कार्तिक ४, २०७६
कांग्रेसका शीर्ष नेताहरु काण्डै काण्डमा मुछिए, देउवा, गच्छदार र सिटौला तनावमा !

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको नाम अहिले विभिन्न का ण्डमा मुछिन थालेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरण, रौतहटमा जि*उँदै मान्छे ज*लाएर ईट्टा भट्टामा हा*लेको काण्ड र वाईडबडी खरिद घोटाला प्रकरणमा उनीहरुको नाम मुछिएपछि अहिले पार्टीभित्र पनि तरंग पैदा भएको छ ।

बालुवाटार जग्गा प्रकरणमा वर्तमान उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नाम मुछिएको छ । स्रोतकाअनुसार यो प्रकरणमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले उनलाई पत्राचार गरेर बयानको लागि डाकेको छ । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा गच्छदार भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । सोही बेला बालुवाटार जग्गा प्रकरण घटेको र यसमा उनको संलग्नता रहेको अख्यितारको निश्कर्ष छ ।

त्यही भएर उनलाई बयानको लागि अख्तियारले अहिले पत्राचार गरिसकेको छ । पूर्व अख्तियार प्रमुख दिप बस्न्यात त्यतिवेला भौतिक मन्त्रालयका सचिव थिए । सोही प्रकरणमा उनको नाम मुछिएपछि अख्तियारले बस्नेतलाई बोलाएर बयान लिईसकेको छ । बस्नेतको बयानकै आधारमा गच्छदारलाई पनि बयानको लागि अख्तियारले पत्राचार गरेको हो भन्ने पनि स्रोतको दाबी छ । बालुवाटार जग्गा प्रकरणमा काँग्रेस सभापति शेरबहादुर देउवापनि मुछिएका कारण उनी पनि तनावमा रहेका छन् ।

उता, रौतहटमा २७ चैत २०६४ मा भएको ब*म बि*ष्फोट का घाईतेहरुलाई जि*उँदै ईटा भट्टामा हा*लिएको थियो । सोही प्रकरणमा कांग्रेस मोहम्मद अफताव आलम अहिले पक्रा उ परेका छन् । त्यतिवेलाको चुनावमा मोहम्मद अफताव आलमको चुनावी प्रायोजनका लागि आफन्तको घरमा जम्मा गरिएको ब*म बि*ष्फोटमा परी घाइते भएकालाई स्थानीय इट्टाभट्टाको चिम्नीमा हाली ह* त्या गरेको अभियोगमा आलम अहिले प्रहरी हिरासतमा छन् ।

उनलाई म्याद थप गरेर अनुशन्धान गरिएको छ । उक्त घ*ट्ना हुँद्या ताका कांग्रेस नेता कृष्ण प्रसाद सिटौला गृहमन्त्री थिए । उनकै निर्देशन र ठाडा आदेशमा त्यो घट्नालाई सामसुम बनाईएको अहिले कुरा उठेको छ । यो प्रकरणमा सिटौलालाई पनि अनुशन्धानको दायरामा ल्याउनुपर्ने माग छ । सिटौलामाथि शक्तिको आडमा आलमलाई बचाएको आरो प छ । रिपोर्टस नेपालबाट साभार

चर्चामा

सम्बन्धित समाचार