• होमपेज
  • राजनीति
  • विप्लप नेतृत्वको नेकपाका २१ नेता पक्राउ

विप्लप नेतृत्वको नेकपाका २१ नेता पक्राउ

  • बिहिबार, अशोज ३०, २०७६
विप्लप नेतृत्वको नेकपाका २१ नेता पक्राउ

दाङ — प्रहरीले दाङमा बिहीबार बिहान नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बैठक स्थल नियन्त्रणमा लिई २१ नेताहरु पक्राउ गरेको छ । राजपुर गाउँपालिका ४ मुग्रेठा खोलास्थित जंगलको बीचमा मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको अवस्थामा राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरु सहित २१ नेताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

उनीहरु जंगलको बीचमा रहेको एक घरमा बैठक बसिरहेका biथिए । पक्राउ परेका नेताहरुको नाम र विवरण आउन बाँकी रहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार